आन्तरिक वायुसेवा सञ्चालकले हवाई टिकटको मूल्य घटाए

आन्तरिक वायुसेवा सञ्चालकले हवाई टिकटको मूल्य घटाए : Icon Khabar

काठमाडौँ, पुष २६। आन्तरिक वायुसेवा सञ्चालकले टिकटको मूल्य घटाएका छन् । आइतबार नेपाल आयल निगमले आन्तरिक बजारमा इन्धनको मूल्य घटाउने निर्णय गरेपछि वायुसेवा सञ्चालकहरूले पनि गन्तव्य अनुसार हवाई भाडामा समावेश गरेका छन् । वायुसेवा सञ्चालकहरूले गन्तव्य अनुसार हुने इन्धन शुल्कमा ८ सय ८५ रुपैयाँसम्म कटौती गरेका छन् ।

नेपाल वायुसेवा सञ्चालक संघका अनुसार आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले घटेपछि आ–आफ्नो गन्तव्यका आधारमा १०० रुपैयाँदेखि ९०० रुपैयाँसम्म हवाई टिकटको भाडा घट्ने जनाएको छ।

आइतबार निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटाएको हो ।

Published Date: 10 January 2023
ताजा
फेसबुकको डेस्कटप भर्सनमा प्राविधिक समस्या, प्रयोगकर्ताद्वारा फेसबुक डाउन भएको रिपोर्ट
गत आर्थिक वर्षमा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गए
स्पेन–अर्जेन्टिना फाइनल आज राति, एनटिभि प्लसमा प्रत्यक्ष प्रसारण हुने
आइतबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय