अब ट्वीटर चलाउन शुल्क तिर्नुपर्ने

अब ट्वीटर चलाउन शुल्क तिर्नुपर्ने : Icon Khabar

काठमाडौं, असोज ३ । एलन मस्कले एक्स (ट्वीटर) लाई सशुल्क प्लेटफर्म बनाउन लागेको बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेटान्युहुसँग लाइभस्ट्रिममा कुरा गर्दै मस्कले एक्सलाई पेड प्लेटफर्म (शुल्क तिरेर मात्र प्रयोग गर्न सकिने) प्लेटफर्म बनाउन लागेको बताएका हुन् ।

विशेषगरी एक्समा भएका थुप्रै बट अकाउन्ट (कम्प्युटर सिस्टमबाट स्वतः सञ्चालित हुने अकाउन्टहरू) लाई कम गर्न प्लेटफर्मलाई मासिक रूपमा थोरै भए पनि शुल्क तिर्नुपर्ने बनाउन आवश्यक रहेको मस्कले उल्लेख गरे ।

उनले भने, “बट सञ्चालन गर्न पेन्नी (अमेरिकी रकमको सबैभन्दा सानो एकाई) को थोरै भाग मात्र खर्च हुन्छ । तर, यदि यसलाई मासिक केही डलर तिर्नुपर्ने बनायो भने बट सञ्चालन गर्दा लाग्ने खर्च बढ्छ ।”

मस्कले प्रयोगकर्ताबाट यो प्रयोजनका लागि कति शुल्क लिने, यो अहिलेको प्रिमियम प्लानभन्दा कति भिन्न छ भन्ने खुलाएका छैनन् । मस्कका अनुसार बट सञ्चालन गर्नेहरूले हरेक बटका लागि नयाँ भुक्तानी माध्यमबाट रजिस्टर गर्नुपर्ने हुन्छ ।

यसबाट उनीहरूलाई नक्कली अकाउन्ट बनाउनबाट रोक्न सकिने उनको विश्वास छ । एक्समा यस्तो व्यवस्था कहिलेबाट लागू हुन्छ भन्ने स्पष्ट छैन ।

यसो त मस्क आफूले चाहेको फिचर लागू गर्न त्यति समय लगाउँदैनन् । यसका लागि कम्पनीले केही विविध पक्षमा काम गर्नुपर्ने भएकाले समय लाग्न सक्ने बताइएको छ ।

विभिन्न सञ्चार माध्यमका अनुसार हाल एक्समा मासिक ५५ करोड सक्रिय प्रयोगकर्ता रहेका छन् । जसमध्ये २० करोड प्रयोगकर्ताले दैनिक रूपमा पोस्ट राख्ने गर्छन् ।

एक्स सशुल्क संस्करणमा गयो भने प्रयोगकर्ताको यो सङ्ख्या घट्ने निश्चित छ ।

Published Date: 20 September 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न