आन्दोलनका नाममा विद्यालय बन्द गरे काठमाडौँ महानगरले शिक्षकलाई कारबाही गर्ने

आन्दोलनका नाममा विद्यालय बन्द गरे काठमाडौँ महानगरले शिक्षकलाई कारबाही गर्ने : Icon Khabar

काठमाडौँ, असोज ३ । काठमाडौं महानगरपालिकाले कुनै पनि निजी तथा सरकारी विद्यालयका शिक्षकहरूले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने भएको छ।

बुधबार महानगरले आन्दोलनका नाममा स्कुल बन्द गरेको भेटे कारबाही गर्ने काठमाडौं महानगरपालिकाका मेयर बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजागाइँले जानकारी दिए।

उनका अनुसार भदौ ३ गते संशोधन गरिएको शिक्षा नीतिमा सबै विद्यालयलाई राजनीतिबाट मुक्त गर्न शिक्षक तथा कर्मचारीलाई दलको सदस्य हुन बन्देज लगाउँदै काठमाडौं महानगरपालिकाले शिक्षा ऐन संशोधन गरिएको थियो।

‘आन्दोलनका नाममा  स्कुल बन्द गरेको पाइए शिक्षक र प्रधानाध्यापकलाई कारबाही गरिने व्यवस्था समेत उल्लेख गरिएको थियो’, ‘सोही कुरा कार्यान्वयन हुने हो, ।’ उनले भने ।

Published Date: 20 September 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न