शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद प्रस्ताव पारित गर्न असोज २५ मा एजीएम

शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद प्रस्ताव पारित गर्न असोज २५ मा एजीएम : Icon Khabar
काठमाडौँ, असोज ३  । शिव श्री हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न असोज २५ गते साधारण सभा बोलाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीमा शतप्रतिशत (१ः१ अनुपातमा) हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । सभामा कम्पनीको ठेगाना परिवर्तन गर्नै र चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।
सभा यती इभेन्ट्स एन्ड कन्फेरेन्स सेन्टर, जेलिङ कम्प्लेक्स, बसुन्धारा, काठमाडौंमा बिहान ११ बजेबाट शुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले असोज १७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज १६ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
Published Date: 20 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास