बुधबार सुनको मूल्य कति ?

बुधबार सुनको मूल्य कति ? : Icon Khabar

काठमाडौं, असोज ३ । लगातार ४ दिन बढेको सुनको भाउ आज भने घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख १२ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार २५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि शुक्रबार, आइतबार, सोमबार र मंगलबार सुनको भाउ क्रमशः प्रतितोला ६००, ५००, २०० र ५०० रुपैयाँले बढेको थियो । यसअघि, मंगलबार छापावाल सुन १ लाख १३ हजार रुपैयाँ कायम रहेको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय १० रुपैयाँ कायम रहेको थियो ।

Published Date: 20 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास