भनपाद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा बागीश्वरी माविका विनिता तामाङ प्रथम

भनपाद्वारा  आयोजित वक्तृत्वकला प्रतियोगितामा बागीश्वरी माविका विनिता तामाङ प्रथम : Icon Khabar

भक्तपुर, असोज २ । भक्तपुर नगरपालिकाको आयोजनामा राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा बागीश्वरी माविका विनिता तामाङ्ग प्रथम, मेधा माविका आशांसु झा द्वितीय, बागीश्वरी माविका बेद बहादुर बस्नेत तृतीय र मेधा माविका सुवेच्छा कार्की र स्कलर्श होमका संजिता चित्रकारले सान्त्वना पुरस्कार जित्न सफल भएको छ ।

यसअघि भनपाको आयोजनामा राष्ट्रिय साक्षरता दिवसको अवसरमा चित्रकला प्रतियोगिता र बाल दिवसको अवसरमा मेयरसँग बालबालिका कार्यक्रम सम्पन्न भएको थियो । ती सबै कार्यक्रमका पुरस्कार वितरण कार्यक्रम पछि सूचना जारी गरी एक कार्यक्रमबीच गरिने आयोजक भनपा शिक्षा शाखाले जनाएको छ ।

वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई कार्यक्रमका सभापति एवं भनपा–३ का वडाध्यक्ष राजकृष्ण गोराले संविधान दिवसको अवसरमा एक प्रति नेपालको संविधान २०७२ प्रदान गरेको थियो ।

Published Date: 19 September 2023
ताजा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय