राष्ट्रपतिबाट ६७० कैदीको बाँकी सजाय माफी

राष्ट्रपतिबाट ६७० कैदीको बाँकी सजाय माफी : Icon Khabar

काठमाडौँ, असोज २ । राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिदिएका छन् ।

मन्त्रिपरिषद्को सिफारिस बमोजिम भोलि (बुधबार) देखि लागु हुने गरी संविधान दिवसको अवसरमा माफी मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भीमबहादुर खवास, हर्कबहादुर लिम्बू, समदिन मियाँसहित ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 September 2023
Website | + posts