आजदेखि काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालन हुँदै

सूर्यविनायक-रत्नपार्क सडक खण्डमा चल्ने द्रुत बस सेवाको उदघाटन बिहान ९ बजे हुने

आजदेखि काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालन हुँदै : Icon Khabar

काठमाडौं, असोज ३ । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा आउँदैछ । सूर्यविनायक-रत्नपार्क सडक खण्डमा चल्ने द्रुत बस सेवाको उदघाटन बिहान ९ बजे हुने छ ।

उदघाटनको दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह, मध्यपुर थिमी, सूर्यविनायक नगरपालिकाका मेयरहरु मात्र चढ्ने छन् ।

यात्रुहरुका लागि भने असोज चार गते बिहीबारदेखि मात्रै द्रुत बस सेवा सन्चालन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

अरु सार्वजनिक बसलाई रत्नपार्क-सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ । माइतीघर, कोटेश्वर, जडिबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिननपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन् ।

बिहान ९ देखि ११ र बेलुका ४ देखि ६ बजेसम्म सूर्यबिनायक रत्नपार्क द्रुत बस सेवा सुरु हुदैँछ । यसरी चल्ने बसको अगाडी हाल द्रुत बस सेवा लेखिएको छ र यी बस चल्ने लेनमा रातो रङ पोतिएको छ ।
याद राखौँ यी बस चल्ने समयमा भोलीबाट ती लेनमा अरू कुनै पनि सवारी चलाउन पाइने छैन (बस, कार, मोटरसाइकल, ट्रक केही पनि पाइँदैन) । समय अघि वा पछि भने चलाउन पाइन्छ ।
यसरी चल्ने बसहरूलाई एम्बुलेन्स सरहको सुविधा उपलब्ध छ अर्थात् ट्राफिक लाइटमा रोकिनु पर्ने छैन । तर अन्य लेनमा पस्ने अनुमति चाहिँ छैन । स्टप अनुसार पिक अप र ड्रप मात्र हुने भएकोले स्टपमा धेरै बेर र जाममा फस्नुपर्ने छैन ।

Published Date: 20 September 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न