आजदेखि काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालन हुँदै

सूर्यविनायक-रत्नपार्क सडक खण्डमा चल्ने द्रुत बस सेवाको उदघाटन बिहान ९ बजे हुने

आजदेखि काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालन हुँदै : Icon Khabar

काठमाडौं, असोज ३ । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा आउँदैछ । सूर्यविनायक-रत्नपार्क सडक खण्डमा चल्ने द्रुत बस सेवाको उदघाटन बिहान ९ बजे हुने छ ।

उदघाटनको दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह, मध्यपुर थिमी, सूर्यविनायक नगरपालिकाका मेयरहरु मात्र चढ्ने छन् ।

यात्रुहरुका लागि भने असोज चार गते बिहीबारदेखि मात्रै द्रुत बस सेवा सन्चालन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

अरु सार्वजनिक बसलाई रत्नपार्क-सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ । माइतीघर, कोटेश्वर, जडिबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिननपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन् ।

बिहान ९ देखि ११ र बेलुका ४ देखि ६ बजेसम्म सूर्यबिनायक रत्नपार्क द्रुत बस सेवा सुरु हुदैँछ । यसरी चल्ने बसको अगाडी हाल द्रुत बस सेवा लेखिएको छ र यी बस चल्ने लेनमा रातो रङ पोतिएको छ ।
याद राखौँ यी बस चल्ने समयमा भोलीबाट ती लेनमा अरू कुनै पनि सवारी चलाउन पाइने छैन (बस, कार, मोटरसाइकल, ट्रक केही पनि पाइँदैन) । समय अघि वा पछि भने चलाउन पाइन्छ ।
यसरी चल्ने बसहरूलाई एम्बुलेन्स सरहको सुविधा उपलब्ध छ अर्थात् ट्राफिक लाइटमा रोकिनु पर्ने छैन । तर अन्य लेनमा पस्ने अनुमति चाहिँ छैन । स्टप अनुसार पिक अप र ड्रप मात्र हुने भएकोले स्टपमा धेरै बेर र जाममा फस्नुपर्ने छैन ।

Published Date: 20 September 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक