बुधबार संविधान दिवसको अवसरमा सार्वजनिक बिदा : सेयर बजार, बैंक–वित्तीय संस्था बन्द हुने

बुधबार संविधान दिवसको अवसरमा सार्वजनिक बिदा : सेयर बजार, बैंक–वित्तीय संस्था बन्द हुने : Icon Khabar
काठमाडौं, असोज २ । सेयर बजार, बैंक–वित्तीय संस्था बन्द हुने भएको छ । बुधबार (असोज ३ गते) संविधान दिवस परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । तसर्थ, भोलि सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
अब बजार बिहीबार बिहान ११ बजे खुल्नेछ । आज मंगलबार नेप्से सूचक १६.२४ अंकले बढेर १९ सय ८५.४३ बिन्दुमा अडिएको छ । जसमा १ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यसैगरी, सार्वजनिक विदाका कारण बैंक तथा वित्तीय संस्था पनि बन्द हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 September 2023
Website | + posts