राष्ट्र निर्माणका लागि जीवन समर्पण, आदर्श त्याग र निष्ठावान् नेता गणेशमानको सन्देश वर्तमान र भावी पुस्तासम्म पुर्‍याउन आवश्यक : राष्ट्रपति पौडेल

राष्ट्र निर्माणका लागि जीवन समर्पण, आदर्श त्याग र निष्ठावान् नेता गणेशमानको सन्देश वर्तमान र भावी पुस्तासम्म पुर्‍याउन आवश्यक : राष्ट्रपति पौडेल : Icon Khabar

भक्तपुर, असोज २ । राष्ट्रपति पौडेलले राष्ट्र निर्माणका लागि जीवन समर्पण गर्ने आदर्श त्याग र निष्ठावान् नेता गणेशमानको सन्देश वर्तमान र भावी पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताएको छ । मङ्गलवार भक्तपुरमा गणेशमान सिंहको प्रतीक अनावरण कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

उनले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्‍याउन समेत आवश्यक रहेको बताए । उनले गणेशमान सिंह सबैको सर्वमान्य नेताको रूपमा रहेको समेत ब्यक्त गरे । उनले गणेशमान पार्कले सिंहको आदर्शपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पुर्‍याउने विश्वास लिएको बताए ।

राष्ट्रपति पौडेलले गणेशमानको सामीप्यताले आफूलाई पनि सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको बताउदै लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यम मात्रै होइन जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाएको बाटोमा हिँड्नसक्नु उनिप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।

राष्ट्रपति पौडेलले भक्तपुर बासीका लागि गणेशमान सिंहको प्रतीक र पार्क स्थापना गर्नु भाग्यको कुरा भएको समेत बताए । राष्ट्रपति पौडेलले पार्कले भक्तपुरको पर्यटन विकासलाई महत्त्वपूर्ण योगदान गर्ने बताए ।

Published Date: 19 September 2023


ताजा
मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढ्यो
कृष्णभीर पहिरो : पृथ्वीराजमार्ग खुल्न १५ दिन लाग्ने
रसुवागढी नाका बन्द भएपछि कोरला नाकामा बढ्यो व्यापारिक चाप
प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने


ट्रेन्डिङ
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क