प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत : Icon Khabar

काठमाडौँ, पुष २६। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत पाएका छन्।

दाहालले विश्वासको मत मागेको प्रस्तावको पक्ष्यमा प्रतिनिधिसभाको कुल २७५ सदस्य मध्ये २६८ जनाले मतदान गरेको थियो। मतदानमा २७० सांसदमात्रै सहभागी भएका थिए । दाहालले २६८ मत पाएका छन् भने विपक्षमा २ मत खसेको छ । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीबाहेक सबै दल र स्वतन्त्र सांसदहरूले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 January 2023
Website | + posts