फिल्म ‘नाङ्गो गाउँ’ सुरुवाती व्यापार सफल, उलेख्ख दर्शकको उपस्थिति

फिल्म ‘नाङ्गो गाउँ’ सुरुवाती व्यापार सफल, उलेख्ख दर्शकको उपस्थिति : Icon Khabar

काठमाडौँ, भदौ ३१ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर स्टारर फिल्म ‘नाङ्गो गाउँ’ सुरुवाती व्यापार आक्रमक गर्न सफल भएको छ । दया र मिरुनाकै अभिनय रहेको जारी पश्चात् यो नेपाली फिल्ममा उलेख्ख दर्शकको उपस्थिति देखिएको हो ।

एकसाथ प्रदर्शनमा आएका अन्य फिल्महरुका बाबजुद दीपेन्द्र नाँगो गाउँ ले शुक्रबार र शनिबार देशभरका हलहरुमा दर्शक तान्न सफल भयो । आफ्नो फिल्मले दर्शकलाई आकर्षित गरेपछि अभिनेता राईले धन्यवाद दिएका छन् । ‘यो फिल्मको कथाले मलाई छोएको थियो । निर्देशक लामाले पनि फिल्मलाई राम्रो तरिकाले तयार पारेका छन् । यसैले, दर्शकलाई मन पर्यो होला जस्तो लाग्छ । निर्माता सुरक्षित भएको सुन्दा खुशी लाग्छ’ शनिबार आयोजित प्रेममिटमा दयाले भने ।

यस्तै उनले आफूलाई आफ्नै अघिल्ला फिल्मको रेकर्ड ब्रेक गर्ने लोभ भने नभएको बताए । उनले भने-‘एउटा कलाकारलाई दर्शकले दिने माया र साथ नै ठूलो कुरा हो । यो फिल्मले अरु फिल्मसँग स्क्रिन शेयर गर्नुपरेकाले पनि सुरुवाती दिनमै रेकर्ड ब्रेक गर्न सक्दैन होला । तर, बुकिङ रातो देख्दा खुशी लागेको छ ।’

निर्माता हिमाल कडरियाले फिल्मबाट पाएको प्रतिक्रिया र दर्शकको साथले उत्साहित बनाएको बताए । उनले कलेक्शन अहिले नै भन्न नसकिने भन्दै आफू नेपाल र ओभरसिजबाट सुरक्षित भैसकेको सुनाए । निर्देशक दीपेन्द्र लामाले फिल्मको कथा लेख्दा नै आफूलाई दर्शकले मन पराउनुहुन्छ भन्ने लागेको बताए । उनले भने-‘मलाई यो फिल्म चल्दैन भन्ने त कतै पनि लागेको थिएन । दर्शकले प्रतिक्रिया पनि उत्कृष्ट दिनु भएको छ ।’

जय श्रेष्ठ निर्माता, रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको यो फिल्मको आज मल्टिप्लेक्समा शोज समेत वृद्धि भएको छ । भोलीबाट हलमा अझै शोज बढेको देखिन्छ । वितरक रोहितले फिल्मको व्यापार बम्पर भएको भन्दै यसले नेपालबाट निर्मातालाई राम्रो मुनाफा दिने बताए ।

Published Date: 17 September 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २४ गते मंगलबार
मंगलबार नेप्से परिसूचक २.६१ अंकले घट्यो
पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल कर ५० प्रतिशत छुट दिने सरकारको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले दिउँसो १ बजे बस्दै




ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता