टिकटकलाई ३६८ मिलियन डलर जरिवाना तिर्न निर्देशन, बालबालिकाहरुको व्यक्तिगत डेटाको दुरुपयोग भएको ठहर

टिकटकलाई ३६८ मिलियन डलर जरिवाना तिर्न निर्देशन, बालबालिकाहरुको व्यक्तिगत डेटाको दुरुपयोग भएको ठहर : Icon Khabar

काठमाडौँ, भदौ ३१ । युरोपियन युनियनको नियमन निकायले चिनियाँ एप टिकटकलाई ३६८ मिलियन डलर (४६ अर्ब ८० करोड रुपैयाँ भन्दा बढी) जरिवाना तिर्न निर्देशन दिएको छ। बालबालिकाहरुको व्यक्तिगत डेटाको दुरुपयोग भएको ठहर गर्दै टिकटकमाथि कारबाही गरिएको हो।

आयरल्यान्डको डेटा प्रोटेक्सन कमिस्नर कार्यालयका अनुसार टिकटकले सन् २०२० जुलाई ३१ देखि डिसेम्बर ३१ सम्म युरोपियन युनियनको गोपनियतासम्बन्धी कानुन उल्लंघन गरेको पाइएको जनाएको छ।

कार्यालयले बालबालिका र किशोरकिशोरीलाई टिकटकमा साइन-इन गराउँदा नै उनीहरुको अकाउन्ट आफै ‘पब्लिक’ हुने गरेको फेला परेको जनाएको छ। जसकारण उनीहरुको भिडियो सबैले हेर्न र कमेन्ट गर्न मिल्ने भएको थियो। टिकटकको सो ‘डिफल्ट सेटिङ’ का कारण १३ वर्ष मुनीका बालबालिका खतरामा परेको जनाइएको छ।

यस्तै, अभिभावकलाई सन्तानको अकाउन्ट संचालनका लागि दिइएको सेटिङ भरपर्दो र सुरक्षित नभएको समेत कार्यालयले जनाएको छ।

टिकटकले भने कमिस्नर कार्यालयको सो निर्णयको कुनै औचित्य नै नभएको जनाएको छ। कार्यालयले सन् २०२१ को सेप्टेम्बरबाट अनुसन्धान सुरु गरेको र हाल लगाइएका आरोपको समाधान अनुसन्धान सुरु हुनु ७ महिना अघि नै भन्दै टिकटकले असन्तुष्टी जनाएको छ। जरिवना रकम प्रति अनसन्तुष्टी जनाउँदै टिकटकले लगाइएका आरोपहरु अहिले सान्दर्भिक नरहेकोसमेत दाबी गरेको छ।

टिकटकले सन् २०२० को नोभेम्बरबाट एपमाथि अभिभावकको नियन्त्रणलाई कडा बनाएको थियो। सन् २०२१ को जनवरीमा १६ वर्ष मुनीका प्रयोगकर्तचाहरुको डिफल्ट सेटिङलाई ‘प्राइभेट’ बनाएको थियो।

युरोपियन युनियनको नियमन निकायले टिकटकमाथि डेटा चीनमा ट्रान्सफर गरे नगरेको भन्नेबारेमा छुट्टै अनुसन्धान पनि गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 September 2023
Website | + posts