कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई : Icon Khabar

काठमाडौँ, भदौ ३० । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा गएकाले उनको अनुपस्थितिमा दैनिक कार्यसञ्चालनका लागि उनलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड आजै अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्डले १० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ लागेका हुन् । प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कार्यक्रम छ ।

Published Date: 16 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास