बागमती प्रदेशमा डेंगु रोगको सङ्क्रमितको पाँच हजार नाघ्यो

बागमती प्रदेशमा डेंगु रोगको सङ्क्रमितको पाँच हजार नाघ्यो : Icon Khabar

हेटौँडा, भदौ २६ । बागमती प्रदेशमा डेंगु रोगको सङ्क्रमितको पाँच हजार नाघेको छ । गत २४ घण्टामा १०७ जना डेंगु रोगका सङ्क्रमित थपिएसँगै बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको हो ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो यस प्रदेशमा गत जनवरी महिनादेखि सोमबारसम्ममा डेंगु रोग सङ्क्रमितको सङ्ख्या प्रदेशभरमा पाँच हजार ७५ जना पुगेको छ । यस्तै यस प्रदेशमा डेंगु रोग सङ्क्रमणबाट हालसम्ममा मृत्यु हुनेको सङ्ख्या छ जना पुगेको छ ।

ललितपुर र धादिङ जिल्लामा दुई–दुई जना तथा मकवानपुर र काभ्रेपलान्चोकका एक–एक जनाको डेंगु रोग सङ्क्रमणबाट मृत्यु भएको जानकारी मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले दिएका छन्।

यसअघि यस प्रदेशमा आइतबार ५५ जना डेंगुका नयाँ रोगी भेटिएका थिए । मन्त्रालयका सूचना अधिकारी भुसालका अनुसार प्रदेशका १३ वटै जिल्लामा डेंगु रोगको सङ्क्रमण फैलिएको छ ।

यस प्रदेशमा गत जनवरीयता सोमबारसम्ममा सबैभन्दा बढी धादिङ जिल्लामा डेंगुको प्रकोप फैलिएको छ । गत जनवरीदेखि धादिङ जिल्लामा तीन हजार १५१, काठमाडौँमा ४६३, ललितपुरमा २९३, भक्तपुरमा १७०, नुवाकोटमा १०४, रामेछापमा ५०, चितवन २९१, मकवानपुरमा ४२८, काभ्रे ५८, सिन्धुली ३२, रसुवा छ, दोलखा १५ र सिन्धुपाल्चोकमा १४ जनामा डेंगु सङ्क्रमण भएको छ । गत जनवरीमा ५७ जनामा डेंगु सङ्क्रमण भएकोमा अगस्त महिनामा मात्रा तीन हजार १६७ जनामा प्रदेशभरमा डेंगु सङ्क्रमण भएको मन्त्रालयका तथ्याङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 September 2023
Website | + posts






ताजा
नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले कडा र ठोस कदम चालेको छ: उपप्रधानमन्त्री पौडेल
मंगलबार नेप्से परिसूचक ४१.७८ अंकले घट्यो
म्याग्दी केन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प
भारतीय म्युजिक कम्पनी टी-सिरिज बन्यो ३० करोड सब्सक्राइबर पुर्‍याउने दोस्रो च्यानल




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण