बागमती प्रदेशमा डेंगु रोगको सङ्क्रमितको पाँच हजार नाघ्यो

बागमती प्रदेशमा डेंगु रोगको सङ्क्रमितको पाँच हजार नाघ्यो : Icon Khabar

हेटौँडा, भदौ २६ । बागमती प्रदेशमा डेंगु रोगको सङ्क्रमितको पाँच हजार नाघेको छ । गत २४ घण्टामा १०७ जना डेंगु रोगका सङ्क्रमित थपिएसँगै बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको हो ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो यस प्रदेशमा गत जनवरी महिनादेखि सोमबारसम्ममा डेंगु रोग सङ्क्रमितको सङ्ख्या प्रदेशभरमा पाँच हजार ७५ जना पुगेको छ । यस्तै यस प्रदेशमा डेंगु रोग सङ्क्रमणबाट हालसम्ममा मृत्यु हुनेको सङ्ख्या छ जना पुगेको छ ।

ललितपुर र धादिङ जिल्लामा दुई–दुई जना तथा मकवानपुर र काभ्रेपलान्चोकका एक–एक जनाको डेंगु रोग सङ्क्रमणबाट मृत्यु भएको जानकारी मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले दिएका छन्।

यसअघि यस प्रदेशमा आइतबार ५५ जना डेंगुका नयाँ रोगी भेटिएका थिए । मन्त्रालयका सूचना अधिकारी भुसालका अनुसार प्रदेशका १३ वटै जिल्लामा डेंगु रोगको सङ्क्रमण फैलिएको छ ।

यस प्रदेशमा गत जनवरीयता सोमबारसम्ममा सबैभन्दा बढी धादिङ जिल्लामा डेंगुको प्रकोप फैलिएको छ । गत जनवरीदेखि धादिङ जिल्लामा तीन हजार १५१, काठमाडौँमा ४६३, ललितपुरमा २९३, भक्तपुरमा १७०, नुवाकोटमा १०४, रामेछापमा ५०, चितवन २९१, मकवानपुरमा ४२८, काभ्रे ५८, सिन्धुली ३२, रसुवा छ, दोलखा १५ र सिन्धुपाल्चोकमा १४ जनामा डेंगु सङ्क्रमण भएको छ । गत जनवरीमा ५७ जनामा डेंगु सङ्क्रमण भएकोमा अगस्त महिनामा मात्रा तीन हजार १६७ जनामा प्रदेशभरमा डेंगु सङ्क्रमण भएको मन्त्रालयका तथ्याङ्क छ ।

Published Date: 12 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास