नेम्वाङको निधनपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

नेम्वाङको निधनपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक : Icon Khabar

काठमाडौं, भदौ २६ । पूर्व संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ ।

उनलाई दिइने सम्मानका विषयमा निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । उनलाई कस्तो सम्मान दिने भन्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ परामर्शमा रहेका छन् ।

नेम्बाङलाई दिइने सम्मानको टुङ्गो लागेपछि मन्त्रिपरिषद् बैठक बोलाएर निर्णय लिइने नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा नेता नेम्वाङको गए राति निधन भए लगतै प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेता अस्पताल पुगेका थिए ।
Published Date: 12 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास