एसिया कप: भारतसँग पाकिस्तान २२८ रनले पराजित

एसिया कप: भारतसँग पाकिस्तान २२८ रनले पराजित : Icon Khabar

काठमाडौँ, भदौ २६ । एसिया कपको सुपर-४ चरणको खेलमा पाकिस्तानले भारतसँग ठूलो पराजय भोगेको छ । सोमबारको खेलमा पाकिस्तान भारतसँग २२८ रनले पराजित भएको छ ।

वर्षाका कारण आइतबार रोकिएर सोमबार पुन: सुरु भएको खेलमा भारतले दिएको ३५७ रन पछ्याउने क्रममा पाकिस्तानी ब्याटरहरू एकपछि अर्को गरी पेभेलियन फर्किन बाध्य भए । भारतीय बलरहरूसामु पाकिस्तानी ब्याटर जम्न सकेनन् ।

पाकिस्तानका लागि ओपनर फखर जमानको २७ रन नै सर्वाधिक स्कोर रह्यो । त्यस्तै आघा सलमान र इफ्तिखर अहमदले २३/२३ रन बनाए । कप्तान बाबर आजम भने १० रनमै आउट भए । पाकिस्तानले ३२ ओभरमा १२८ रन मात्र बनाउन सक्यो । पाकिस्तानका नसिम साह र हरिस राउफले भने चोटका कारण ब्याटिङ गरेनन् । शाहीन शाह अफ्रिदी ७ रनमा नटआउट रहे ।

१७ रन बनाउँदा पहिलो विकेट गुमाएको पाकिस्तानले ४३ रनमा दोस्रो र ४७ रनमा तेस्रो विकेट गुमाउन पुगेको थियो । ११० रनमा ६ विकेट गुमाएको उसले बाँकी १८ रन बनाउँदा थप २ विकेट गुमाउन पुग्यो । आइतबार वर्षाले खेल रोकिएपछि सरेको खेल सोमबार पनि १ घण्टाभन्दा बढी रोकिएको थियो ।

भारतका लागि कुलदीप यादवले उत्कृष्ट बलिङ गरे । ८ ओभरमा उनले २५ रन मात्र खर्चिएर ५ विकेट लिए । त्यस्तै जसप्रित बुमराह, हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले १/१ विकेट लिए ।

यसअघि आइतबार कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेटको क्षतिमा ३५६ रन बनाएको हो । भारतका लागि विराट कोहली र केएल राहुलले शतकीय पारी खेले । कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा १२२ रन बनाए ।

कोहलीले सबैभन्दा छिटो १३ हजार रनसमेत बनाए । त्यस्तै केएल राहुलले १०६ बलमा १२ चौका र २ छक्काको सहयोगमा १११ रन बनाए । आइतबार वर्षाले खेल रोकिँदा भारत २४.१ ओभरमा १४७/२ को अवस्थामा थियो । त्यसपछि राहुल र कोहलीले शानदार साझेदारी गर्दै पाकिस्तानविरुद्ध ऐतिहासिक चुनौती खडा गरेका हुन् ।

पाकिस्तानका लागि शाहीन शाह अफ्रिदी र शादाब खानले १/१ विकेट लिए । यसअघि समूह चरणमा भारत र पाकिस्तानको खेल वर्षाले रोकिँदा दुवै टिमले अंक बाँडेका थिए ।

भारतले पाकिस्तानविरुद्ध एकदिवसीय क्रिकेटमा सोमबार सबैभन्दा बढी लक्ष्य दिएको हो । यसअघि सन् २००५ मा विशाखापटनममा भएको खेलमा भारतले ९ विकेट गुमाउँदै पाकिस्तानविरुद्ध ३५६ रन नै बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 September 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट