नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन : Icon Khabar

काठमाडौं, भदौ २६ । संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ ।

उनलाई घरमै हृदयाघात भएकोमा उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो तर उनको बाटोमै निधन भएको जनाइएको छ ।

शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार, उनलाई राती १ः२० बजे अस्पताल ल्याएको थियो । डा. महर्जनका अनुसार, नेता नेम्बाङको ४ः२० मिनेटमा निधन भएको औपचारिकरुपमा अस्पतालले घोषणा गरेको हो ।

वाथरुम जाने क्रममा उनी ढलेको र परिवारका सदस्यले तत्कालै उपचारका लागि अस्पतालमा पुर्याएका थिए।

Published Date: 12 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास