नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्ने शिक्षिका विरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्ने शिक्षिका विरुद्ध मुद्दा दायर : Icon Khabar

काठमाडौं, भदौ २५ । नुवाकोटको विदुर नगरपालिका–१३ स्थित श्री कन्यादेवी आधारभूत विद्यालयकी शिक्षिका मञ्जु कुमारी थापा विरुद्ध मुद्दा दायर भएको छ ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षिका थापाविरुद्ध काठमाडौं विशेष अदालतमा मुद्दा दर्ता गराएको हो । थापाले भारतबाट एस.एल.सी तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र ल्याई सरकारी विद्यालयमा अध्यापन गराउँदै आएको पाइएको आयोगले जनाएको छ ।

श्री कन्यादेवी आधारभूत विद्यालय विदुर नगरपालिका–१३ नुवाकोटका प्रा.वि तृतीय शिक्षक मञ्जु कुमारी थापा ओझाले भारतबाट एस.एल.सी. तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र ल्याई सरकारी विद्यालयमा पढाई रहेकोले छानबिन गरी आवश्यक कारबाही हुन भन्ने उजुरी आयोगमा परेको थियो ।

थापाले २०५५ मंसिर ११ मा साविक श्री कन्या देवी निम्न माध्यमिक विद्यालयमा प्रावि तहको अस्थायी शिक्षक दरबन्दीमा नियुक्ति हुन र २०७५ चैत २९ मा श्री कन्या देवी आधारभूत विद्यालयमा स्थायी नियुक्तिका लागि भारतको बिहार संस्कृत शिक्षा बोर्डबाट मध्यमा तहको परीक्षा उतीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 September 2023
Website | + posts






ताजा
नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले कडा र ठोस कदम चालेको छ: उपप्रधानमन्त्री पौडेल
मंगलबार नेप्से परिसूचक ४१.७८ अंकले घट्यो
म्याग्दी केन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प
भारतीय म्युजिक कम्पनी टी-सिरिज बन्यो ३० करोड सब्सक्राइबर पुर्‍याउने दोस्रो च्यानल




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण