नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्ने शिक्षिका विरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्ने शिक्षिका विरुद्ध मुद्दा दायर : Icon Khabar

काठमाडौं, भदौ २५ । नुवाकोटको विदुर नगरपालिका–१३ स्थित श्री कन्यादेवी आधारभूत विद्यालयकी शिक्षिका मञ्जु कुमारी थापा विरुद्ध मुद्दा दायर भएको छ ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षिका थापाविरुद्ध काठमाडौं विशेष अदालतमा मुद्दा दर्ता गराएको हो । थापाले भारतबाट एस.एल.सी तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र ल्याई सरकारी विद्यालयमा अध्यापन गराउँदै आएको पाइएको आयोगले जनाएको छ ।

श्री कन्यादेवी आधारभूत विद्यालय विदुर नगरपालिका–१३ नुवाकोटका प्रा.वि तृतीय शिक्षक मञ्जु कुमारी थापा ओझाले भारतबाट एस.एल.सी. तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र ल्याई सरकारी विद्यालयमा पढाई रहेकोले छानबिन गरी आवश्यक कारबाही हुन भन्ने उजुरी आयोगमा परेको थियो ।

थापाले २०५५ मंसिर ११ मा साविक श्री कन्या देवी निम्न माध्यमिक विद्यालयमा प्रावि तहको अस्थायी शिक्षक दरबन्दीमा नियुक्ति हुन र २०७५ चैत २९ मा श्री कन्या देवी आधारभूत विद्यालयमा स्थायी नियुक्तिका लागि भारतको बिहार संस्कृत शिक्षा बोर्डबाट मध्यमा तहको परीक्षा उतीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पाइएको छ ।

Published Date: 11 September 2023






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता