नेपाल टेलिकमको टिकटक च्यालेन्ज योजना, विजेताले ४० हजार पाउने

नेपाल टेलिकमको टिकटक च्यालेन्ज योजना, विजेताले ४० हजार पाउने : Icon Khabar

काठमाडौं, भदौ २५ । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ योजना सञ्चालन गरेको छ । टेलिकमको आधिकारिक टिकटक एकाउन्ट मार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ ।

नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ । सो च्यालेन्ज भदौ २४ गतेदेखि प्रारम्भ भएको छ र आगामी असोज ७ गतेसम्म सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।

विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ । यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार रुपैयाँ, दोस्रोले २० हजार रुपैयाँर तेस्रोले १० हजार रुपैयाँनगद पुरस्कार पाउने छन् ।

त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई ५०० रुपैयाँको टप अप प्रदान गरिने कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

नेपाली महिलाहरुको महान चाड तिजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको अधिकारीको भनाई छ । यसबाट तीज पर्व थप मनोरञ्जक बन्ने कम्पनीको अपेक्षा छ ।

Published Date: 11 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास