सोमबार नेप्से परिसूचक ४४.३० अंकले बढ्यो

सोमबार नेप्से परिसूचक ४४.३० अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, भदौ २५ । सोमबार नेप्से परिसूचक ४४.३० अंक बढेर १९८६.९९ विन्दुमा पुगेको छ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७८ स्टकको ३७ हजार ७९९ पटकको कारोबारमा १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको ४७ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज साल्ट ट्रेडिङ्ग कर्पोरेशन शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने त्यस्तै, यस दिन एभरेष्ट बैंकको करिब ६ करोडको शेयर खरिदबिक्री भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल उपसमूहको परिसूचक आज सर्वाधिक ३.४५ प्रतिशत बढेको छ। त्यस्तै, जलविद्युत, विकास बैंक, उत्पादन तथा प्रशोधन, जीवन बीमा र निर्जिवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 September 2023
Website | + posts