सोमबार नेप्से परिसूचक ४४.३० अंकले बढ्यो

सोमबार नेप्से परिसूचक ४४.३० अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, भदौ २५ । सोमबार नेप्से परिसूचक ४४.३० अंक बढेर १९८६.९९ विन्दुमा पुगेको छ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७८ स्टकको ३७ हजार ७९९ पटकको कारोबारमा १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको ४७ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज साल्ट ट्रेडिङ्ग कर्पोरेशन शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने त्यस्तै, यस दिन एभरेष्ट बैंकको करिब ६ करोडको शेयर खरिदबिक्री भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल उपसमूहको परिसूचक आज सर्वाधिक ३.४५ प्रतिशत बढेको छ। त्यस्तै, जलविद्युत, विकास बैंक, उत्पादन तथा प्रशोधन, जीवन बीमा र निर्जिवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

Published Date: 11 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास