ब्राजिलमा आएको चक्रवातका कारण ४४ जनाको मृत्यु, ४६ जना बेपत्ता

ब्राजिलमा आएको चक्रवातका कारण ४४ जनाको मृत्यु, ४६ जना बेपत्ता : Icon Khabar

साओ पाउलो, भदौ २५ । ब्राजिलको दक्षिणी भागमा गत साता आएको चक्रवातका कारण ४४ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना बेपत्ता भएको नागरिक सुरक्षा निकायले जनाएको छ ।

आँधीका कारण अर्जेन्टिना र उरुग्वेसँग सीमा जोडिएको रियो ग्रान्डे डो सुल राज्यका ६० वटा सहर र छिमेकी राज्य सान्टा क्याटारिनाका केही क्षेत्रमा मुसलधारे वर्षा भइरहेको छ । यस्तै, प्रतिघण्टा ११० किलोमिटरभन्दा बढीको हावाहुरी, बाढी र पहिरो पनि गएको थियो ।बेपत्ता भएकामध्ये एक जनाबाहेक सबैको मृत्यु रियो ग्रान्डे डो सुलमा भएको थियो ।

यसमा २२४ जना घाइते भएका थिए भने १४ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको थियो ।सबैभन्दा बढी प्रभावित सहर मुकुममा १६ र रोका सेल्समा १० जनाको मृत्यु भएको छ । ब्राजिलका उपराष्ट्रपति गेराल्डो अल्कमिनले आइतबार उक्त क्षेत्रको भ्रमण गरी चक्रवातबाट प्रभावित प्रत्येक व्यक्तिलाई क्षतिपूर्ति दिने सरकारको योजना को घोषणा गरेका छन् ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले जलवायु परिवर्तनका परिणामहरुको सामना गर्न आवश्यक चरम मौसमी घटनालाई वातावरणीय एजेन्डासँग जोडेका छन । ।

Published Date: 11 September 2023




















ताजा
शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर
चक्रवात ‘अर्नब’को कहरले देशभर मौसममा उथलपुथल : भारी वर्षा, हिमपात र हुरीको चेतावनी, सतर्क रहन आग्रह
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक