गौरी मल्लले आफ्नै संगीत, शब्द र स्वरमा ल्याईन् “धिन ताका नाका धिन”

गौरी मल्लले आफ्नै संगीत, शब्द र स्वरमा ल्याईन् “धिन ताका नाका धिन” : Icon Khabar

काठमाडौँ, भदौ २० । अभिनेत्री गौरी मल्लले आफ्नै संगीत, शब्द र स्वरमा गीत ल्याएकी छन् । उनको धिन ताका नाका धिन गीतको भिडियोलाई उनकै अफिसियल युटुव च्यानलमा अपलोड गरिएको छ ।

तीजलाई लक्षित गर्दै ल्याइएको उक्त गीतमा उनी सहित अभिनेत्री मिथिला शर्मा, नीलम पौडेल, तेन्जु योञ्जन र समाइरा श्रेष्ठ फिचर्ड छन् । उत्सब दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन र कोरियोग्राफी सन्तोष राजबहाकको हो । मंगलबार प्रेसमिट गर्दै गौरी मल्लले आफ्नो भिडियो लोकार्पण गरेकी हुन् ।

समारोहमा उनकी आमा सहित मिथिला शर्मा, बसुन्धरा भूषाल, मदनकृष्ण श्रेष्ठ लगायत अन्य अतिथि उपस्थित थिए । सो समारोहमा ‘कन्यादन’ अभिनेत्री भावुक बन्न पुगेकी थिइन् ।

Published Date: 06 September 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक