अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ १० महिनायताकै उच्च विन्दुमा

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ १० महिनायताकै उच्च विन्दुमा : Icon Khabar

काठमाडौं, भदौ २० । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ १० महिनायताकै उच्च विन्दुमा पुगेको छ ।

मंगलबार कारोबार बन्द हुँदा ‘ब्रेन्ट क्रुड’ फ्यूचर्स प्रतिब्यारेल ९०.०४ अमेरिकी डलरमा पुगेको छ । ब्रेन्ट क्रुड शुक्रबार एकै दिन १.२% ले बढेको हो । यो बन्चमार्क सन् २०२२ नोभेम्बर १६ यता पहिलो पटक ९० डलर माथि कारोबार बन्द भएको हो । यस्तै, ‘वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) क्रुड’ फ्यूचर्स पनि १.३% ले बढेर ८६.६९ डलरमा पुगेको छ ।

जुन विगत १० महिनायताकै उच्च हो । बुधबारको सुरुवाती चरणमा भने अघिल्लो दिनको तुलनामा थोरै घटेर कच्चा तेलको कारोबार भइरहेको छ । साउदी अरेबिया र रुसले सन् २०२३ को अन्त्यसम्मै स्वैच्छिकरुपमा उत्पादन कटौती गर्ने घोषणापछि तेलको भाउ बढेको हो ।ओपेक प्लसका यी दुई प्रमुख तेल निर्यातकर्ता राष्ट्रहरुले उत्पादन कटौती गरेका कारण आपूर्तिमा संकुचन आउने अनुमानपछि तेलको भाउ पुनः बढ्न थालेको हो ।

लगानीकर्ताहरुले साउदी अरेबिया र रुसले अक्टोबरसम्म मात्र उत्पादन कटौती विस्तार गर्ने अपेक्षा गरेका थिए । तर दुई देशले थप तीन महिना उत्पादन कटौती गर्ने निर्णय गरेका हुन् । पछिल्लो केही साता अन्तर्राष्ट्रिय बजारमा तेलको भाउमा भएको वृद्धिका कारण कमजोर अर्थतन्त्र भएका देशहरु बढी प्रभावित हुन थालेका छन् ।

Published Date: 06 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास