अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ १० महिनायताकै उच्च विन्दुमा

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ १० महिनायताकै उच्च विन्दुमा : Icon Khabar

काठमाडौं, भदौ २० । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ १० महिनायताकै उच्च विन्दुमा पुगेको छ ।

मंगलबार कारोबार बन्द हुँदा ‘ब्रेन्ट क्रुड’ फ्यूचर्स प्रतिब्यारेल ९०.०४ अमेरिकी डलरमा पुगेको छ । ब्रेन्ट क्रुड शुक्रबार एकै दिन १.२% ले बढेको हो । यो बन्चमार्क सन् २०२२ नोभेम्बर १६ यता पहिलो पटक ९० डलर माथि कारोबार बन्द भएको हो । यस्तै, ‘वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) क्रुड’ फ्यूचर्स पनि १.३% ले बढेर ८६.६९ डलरमा पुगेको छ ।

जुन विगत १० महिनायताकै उच्च हो । बुधबारको सुरुवाती चरणमा भने अघिल्लो दिनको तुलनामा थोरै घटेर कच्चा तेलको कारोबार भइरहेको छ । साउदी अरेबिया र रुसले सन् २०२३ को अन्त्यसम्मै स्वैच्छिकरुपमा उत्पादन कटौती गर्ने घोषणापछि तेलको भाउ बढेको हो ।ओपेक प्लसका यी दुई प्रमुख तेल निर्यातकर्ता राष्ट्रहरुले उत्पादन कटौती गरेका कारण आपूर्तिमा संकुचन आउने अनुमानपछि तेलको भाउ पुनः बढ्न थालेको हो ।

लगानीकर्ताहरुले साउदी अरेबिया र रुसले अक्टोबरसम्म मात्र उत्पादन कटौती विस्तार गर्ने अपेक्षा गरेका थिए । तर दुई देशले थप तीन महिना उत्पादन कटौती गर्ने निर्णय गरेका हुन् । पछिल्लो केही साता अन्तर्राष्ट्रिय बजारमा तेलको भाउमा भएको वृद्धिका कारण कमजोर अर्थतन्त्र भएका देशहरु बढी प्रभावित हुन थालेका छन् ।

Published Date: 06 September 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक