सबैले भक्तपुरको विकासबारे चर्चा गरिरहदा जिल्लाकै एक सांसदले विकास नदेख्नु दिउँसै आँखा नदेख्ने उल्लु हुन् : सुनिल प्रजापति

सबैले भक्तपुरको विकासबारे चर्चा गरिरहदा जिल्लाकै एक सांसदले विकास नदेख्नु दिउँसै आँखा नदेख्ने उल्लु हुन् : सुनिल प्रजापति : Icon Khabar

भक्तपुर, भदौ २० । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल मजदुर किसान पार्टीका अगुवा साथीहरुको अनुभवबाट सिकेर नयाँ पुस्ता अघि बढ्नुपर्ने विचार व्यक्त गरेका छन्।

भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा भएको अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै प्रमुख प्रजापतिले पार्टीका अगुवा कार्यकर्ताहरुले तत्कालीन परिस्थितिअनुसार शोषक वर्गको विरुद्ध संघर्ष गरे, जेलनेल, भूमिगत र प्रवास जीवन बिताए अहिले त्यही जगमा उभिएर हामी काम गर्दैछौं । अहिलेको भक्तपुर निर्माणमा अगुवा साथीहरुको महत्वपूर्ण योगदान छ भने।

उनले सबैले भक्तपुरको विकास मोडलबारे चर्चा गरिरहेको बेला भक्तपुर जिल्लाबाटै निर्वाचित एकजना सांसदले विकास नदेख्नुलाई दिउँसै आँखा नदेख्ने उल्लुको संज्ञा दिए।

उनले कति जनप्रतिनिधिहरु आफ्नो पालिकालाई स्मार्ट सिटी बनाउने भनी हिँडेकोबारे चर्चा गर्दै भने, योजनाबद्ध सहरीकरण, यातायातको र राम्रो व्यवस्था, पर्याप्त खुल्ला ठाउँ, गुणस्तरीय स्वास्थ्य उपचार र राम्रो शिक्षा व्यवस्था भएको तथा शुद्ध खानेपानी, बिजुली, बैंक तथा वित्तीय संस्थाहरुको व्यवस्थित बन्दोबस्त र शुद्ध हावापानी भएको सहर जहाँ सबै विद्युतीय सुविधा प्राप्त हुन्छ त्यो नै स्मार्ट सिटी हो । त्यो सर्वसाधारण जनताको लागि अहिले सम्भव हुँदैन । हामी सबै मिलेर बस्न सक्ने आदर्श भक्तपुर नगर बनाउन चाहन्छौं ।

भक्तपुर नपाले जनताबीच निर्वाचनको बेला गरेको प्रतिबद्धता बमोजिम शिक्षा, स्वास्थ्य उपचार, सम्पदा संरक्षण जस्ता जनताका आधारभूत कामहरु गर्दै आएको प्रष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 September 2023
Website | + posts


ताजा
फोनपेबाट हवाई टिकट बुक गर्दा ३०० रुपैयाँ क्यासब्याक, हरेक हप्ता ५ जनालाई स्मार्टवाच
देशको सार्वजनिक ऋण लगातार चुलिंदै, प्रति नेपाली ऋण हिस्सा ८६ हजार ७ सय रुपैयाँ
आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टाेरमा भीड
जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
सिन्धुली दुर्घटना: सुनकोसीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी कार्य अहिले पनि जारी