सबैले भक्तपुरको विकासबारे चर्चा गरिरहदा जिल्लाकै एक सांसदले विकास नदेख्नु दिउँसै आँखा नदेख्ने उल्लु हुन् : सुनिल प्रजापति

सबैले भक्तपुरको विकासबारे चर्चा गरिरहदा जिल्लाकै एक सांसदले विकास नदेख्नु दिउँसै आँखा नदेख्ने उल्लु हुन् : सुनिल प्रजापति : Icon Khabar

भक्तपुर, भदौ २० । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल मजदुर किसान पार्टीका अगुवा साथीहरुको अनुभवबाट सिकेर नयाँ पुस्ता अघि बढ्नुपर्ने विचार व्यक्त गरेका छन्।

भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा भएको अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै प्रमुख प्रजापतिले पार्टीका अगुवा कार्यकर्ताहरुले तत्कालीन परिस्थितिअनुसार शोषक वर्गको विरुद्ध संघर्ष गरे, जेलनेल, भूमिगत र प्रवास जीवन बिताए अहिले त्यही जगमा उभिएर हामी काम गर्दैछौं । अहिलेको भक्तपुर निर्माणमा अगुवा साथीहरुको महत्वपूर्ण योगदान छ भने।

उनले सबैले भक्तपुरको विकास मोडलबारे चर्चा गरिरहेको बेला भक्तपुर जिल्लाबाटै निर्वाचित एकजना सांसदले विकास नदेख्नुलाई दिउँसै आँखा नदेख्ने उल्लुको संज्ञा दिए।

उनले कति जनप्रतिनिधिहरु आफ्नो पालिकालाई स्मार्ट सिटी बनाउने भनी हिँडेकोबारे चर्चा गर्दै भने, योजनाबद्ध सहरीकरण, यातायातको र राम्रो व्यवस्था, पर्याप्त खुल्ला ठाउँ, गुणस्तरीय स्वास्थ्य उपचार र राम्रो शिक्षा व्यवस्था भएको तथा शुद्ध खानेपानी, बिजुली, बैंक तथा वित्तीय संस्थाहरुको व्यवस्थित बन्दोबस्त र शुद्ध हावापानी भएको सहर जहाँ सबै विद्युतीय सुविधा प्राप्त हुन्छ त्यो नै स्मार्ट सिटी हो । त्यो सर्वसाधारण जनताको लागि अहिले सम्भव हुँदैन । हामी सबै मिलेर बस्न सक्ने आदर्श भक्तपुर नगर बनाउन चाहन्छौं ।

भक्तपुर नपाले जनताबीच निर्वाचनको बेला गरेको प्रतिबद्धता बमोजिम शिक्षा, स्वास्थ्य उपचार, सम्पदा संरक्षण जस्ता जनताका आधारभूत कामहरु गर्दै आएको प्रष्ट पारे।

Published Date: 06 September 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता