मिस्टर एसियाको उपाधि भारतका सराभनन मनीले जिते

मिस्टर एसियाको उपाधि भारतका सराभनन मनीले जिते : Icon Khabar

काठमाडौं, भदौ २० । ५५औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप अन्तर्गतको मिस्टर एसियाको उपाधि भारतका सराभनन मनीले जितेका छन् ।

१० प्रतिस्पर्धीलाई पछि पार्दै मनीले उपाधि जिटेका हुन् । शारीरिक सुगठनतर्फको विभिन्न दश तौल समूहका विजेताबिच भएको मिस्टर एसियाको प्रतिस्पर्धामा मनी ९० केजी तौल समूमा विजयी हुँदै ओभरअल राउण्डमा प्रवेश गरेका थिए।

एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासङ्घको व्यवस्थापनमा भएको स्पर्धामा पुरुषतर्फ नेपालले कुल २६० अङ्क हासिल गर्दै टिम च्याम्पियनसिपमा तेस्रो भयो । पुरुषतर्फ भारत ७९५ अङ्कका साथ पहिलो र थाईल्याण्डले ५९० अङ्कका साथ दोस्रो भयो ।

महिलातर्फ थाइल्याण्डले टिम च्याम्पियनसिपको उपाधि उचाल्यो । भियतनाम दाेस्रा र हङ्कङ् तेस्रो भयो । बुधबार सम्पन्न पुरुष एथलेट फिजिक्स १८२ सेमीमा नेपालका विप्लव कार्कीले कांस्य पदक जिते । यस विधामा पहिलो स्थानमा भारतका रामा सोमाशेखरले स्वर्ण र भुटानका टान्डिन वाङ्गचेनले रजत जिते।

नेपालले यस च्याम्पियनसिपमा तीन स्वर्ण ६ रजत र पाँच कांस्य पदक प्राप्त गर्न सफल भएको छ । विशाल पौडेलले जुनियर शारीरिक सुगठन, सनम मुलगुठीले स्विम सुट विधा, रनजी श्रेष्ठले ५५ केजी शारीरिक सुगठनले स्वर्ण जिते।

सुरेश दुवाल ५५ केजी, अशिम बाबु गरुङ्गे ६० केजी, मनोज सुवेदी ६५ केजी, ललित धिमाल ७५ केजी, राजुराई फिटनेश फिजिक विधा, तारा खैजु मोडल फिजिक्सले रजत पदक प्राप्त गरे।

कमल भण्डारी ६० केजी, कृष्णप्रसाद श्रेष्ठ ८० केजी, रञ्जित लामा फिटनेश फिजिक्स, बिप्लव कार्की एथलेटिक्स फिजिक, निहाल मान जोशी एथलेटिक्स फिजिकमा कांस्य पदक प्राप्त गर्नुभयो । च्याम्पियनसिपमा १७ राष्ट्रका १६८ पुरुष र ६८ महिला गरि २३६ खेलाडीहरुले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरेका थिए ।

शारीरिक सुगठनको प्रतियोगितामा पहिलो पटक ठुलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा नेपाल सहित भुटान, चीन, हङ्कङ् चाइना, भारत, काजाखस्तान, मकाउ चाइना, मालदिभ्स, मलेसिया, म्यानमार, सिङ्गापुर, दक्षिण कोरिया, श्रीलङ्का, थाइल्याण्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता थियो । च्याम्पियनसिपमा पुरुष तर्फ २८, महिला तर्फ १६ र मिक्स १ गरि ४५ विधामा प्रतिस्पर्धा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 September 2023
Website | + posts