नेपालमा वायु प्रदूषणका कारण वर्षेनी ४२ हजार १ सय जनाको मृत्यु हुने तथ्यांक सार्वजनिक

नेपालमा वायु प्रदूषणका कारण वर्षेनी ४२ हजार १ सय जनाको मृत्यु हुने तथ्यांक सार्वजनिक : Icon Khabar

काठमाडौं, भदौ २० । नेपालमा वायु प्रदूषणका कारण हुने रोगका कारण वर्षेनी ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको छ । ग्लोबल एयर २०२२ को हेल्थ इफेक्ट्स इन्स्टिच्युटको वार्षिक प्रतिवेदनले वायु प्रदुषणको प्रभावका कारण नसर्ने रोगहरूमा विश्वव्यापी वृद्धिलाई जोड दिन्छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांक अनुसार काठमाडौं विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा ९६ औं स्थानमा छ । काठमाडौं उपत्यकाको तुलनामा मधेस र लुम्बिनी प्रदेशमा वायु प्रदूषणको मात्रा बढी छ।

वायु प्रदूषणका कारण बढ्दै गएका नसर्ने रोगका कारण नेपालीको औसत आयु ४ दशमलव ६ वर्षले घटेको विज्ञहरुले बताएका छन् । वायु प्रदुषणको उच्च स्तरका कारण मधेश प्रदेशको आयु सात वर्षले घटेको छ भने काठमाडौं उपत्यकामा ३.५ वर्षले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 September 2023
Website | + posts