वल्र्ड जुनियर स्विमिङ्ग च्याम्पियनसिपमा सहभागी हुने पौडी टोलीलाई बिदाई

वल्र्ड जुनियर स्विमिङ्ग च्याम्पियनसिपमा सहभागी हुने पौडी टोलीलाई बिदाई : Icon Khabar

काठमाडौं, भदौ १५ । इजरायलको नेतन्यामा आयोजना हुने वल्र्ड अक्वाटिक वल्र्ड जुनियर स्विमिङ्ग च्याम्पियनसिप २०२३ मा सहभागी हुने नेपाली पौडी टोलीलाई आज एक कार्यक्रमका विच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले शुभकामना सहित बिदाई गरे ।

टोलीलाई बिदाई गर्दै सदस्य सचिव घिसिङ्गले खेलाडीले पुरानो इतिहासलाई हेरेर रमाउने नभइ आफैले नयाँ इतिहास कोर्नु पर्ने बताए । घिसिङ्गले खेलाडीहरुका लागि सहज बातावरण श्रृजना गर्न आफु हर समय लागि परेको बताए ।

यहि भाद्र १८ देखि २३ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीको ब्यवस्थापकमा जेनीफर लामा र प्रशिक्षकमा पौडीका प्रमुख प्रशिक्षक शंकर कार्की रहेका छन् । यस्तै खेलाडीहरुमा अजलकाजी ताम्राकार , इरभिन श्रेष्ठ , अल्भिन महर्जन, उपास्ती महर्जन, रोशा न्यौपाने  र टिशा महर्जनरहेका छन् ।

बिदाई कार्यक्रममा संघका अध्यक्ष अशोक बज्राचार्य लगायतको उपस्थिती रहेको थियो । नेपाली टोली भोली बिहान ७ बजे इजरायल तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Published Date: 01 September 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी