क्रिकेट संघ बागमतीको अध्यक्षमा प्यानलसहित पारस खड्का निर्वाचित

क्रिकेट संघ बागमतीको अध्यक्षमा प्यानलसहित पारस खड्का निर्वाचित : Icon Khabar

काठमाडौं, भदौ १५ । नेपाल क्रिकेट संघ (क्यान) को बागमती प्रदेश अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्का विजयी भएका छन् । भर्खर सकिएको मतगणना अनुसार उनको प्यानलै निर्वाचित भएको छ ।

३७ मत खसेको थियो । खड्काले २३ मत प्राप्त गर्दा उमेश पियाले १४ मात्र मत प्राप्त गरेका छन् । उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री २३ मतका साथ निर्वाचित भए । रुपक रञ्जित १४ मत मात्र पाए । यस्तै सचिवमा प्रशन्न शाक्य २३ मतसहित निर्वाचित भएका छन् ।

कोषाध्यक्ष्मा सञ्जय बस्नेत २३ मतका साथ विजयी भए । महिला सदस्यामा निरा राजोपाध्याय निर्विरोध निर्वाचित भइन् । सदस्यहरूमा अजयविर पाण्डे, अनिल अधिकारी, सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ र बसन्तराज सत्याल विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 September 2023
Website | + posts


ताजा
भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार नेप्से परिसूचकमा गिरावट
दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी
नागढुंगा–नौबिसे सडक खण्ड भोलिदेखि थप पाँच दिन बन्द हुने
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग