क्रिकेट संघ बागमतीको अध्यक्षमा प्यानलसहित पारस खड्का निर्वाचित

क्रिकेट संघ बागमतीको अध्यक्षमा प्यानलसहित पारस खड्का निर्वाचित : Icon Khabar

काठमाडौं, भदौ १५ । नेपाल क्रिकेट संघ (क्यान) को बागमती प्रदेश अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्का विजयी भएका छन् । भर्खर सकिएको मतगणना अनुसार उनको प्यानलै निर्वाचित भएको छ ।

३७ मत खसेको थियो । खड्काले २३ मत प्राप्त गर्दा उमेश पियाले १४ मात्र मत प्राप्त गरेका छन् । उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री २३ मतका साथ निर्वाचित भए । रुपक रञ्जित १४ मत मात्र पाए । यस्तै सचिवमा प्रशन्न शाक्य २३ मतसहित निर्वाचित भएका छन् ।

कोषाध्यक्ष्मा सञ्जय बस्नेत २३ मतका साथ विजयी भए । महिला सदस्यामा निरा राजोपाध्याय निर्विरोध निर्वाचित भइन् । सदस्यहरूमा अजयविर पाण्डे, अनिल अधिकारी, सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ र बसन्तराज सत्याल विजयी भएका छन् ।

Published Date: 01 September 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु