सोह्र वर्षपछि नेपाल विश्व भारोत्तोलनमा

सोह्र वर्षपछि नेपाल विश्व भारोत्तोलनमा : Icon Khabar

काठमाडौं, भदौ १५ । नेपालले विश्व भारोत्तोलन च्याम्पियनसिपमा १६ वर्षपछि सहभागिता जनाउने भएको छ । भदौ १७ देखि ३१ गतेसम्म रियादमा हुने आईडब्लुएफ विश्व च्याम्पियनसिपमा ३ पुरुष र २ महिला गरी ५ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुष ८१ केजीमा विकास भट्ट, ९६ केजीमा विशालसिंह विष्ट र १०९ केजीमा सागर भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । महिला ५५ केजीमा टीकामाया गुरुङ तथा ६४ केजीमा शारदा चौधरीले खेल्ने छन् ।

प्रशिक्षकमा जीवन गौतम, निर्णायकमा पार्थ सारथी सेन गुप्त र व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन् । गुप्त शुक्रबारै रियाद प्रस्थान गरिसकेका छन् । नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) पनि प्रतियोगिता दौरान हुने विश्व भारोत्तोलन महासंघको कोंग्रेसमा सहभागी हुन रियाड जाने छन् ।

व्यवस्थापक श्रेष्ठ, प्रशिक्षक गौतम, खेलाडी शारदा र टीकामाया सेप्टेम्बर ४ रियाद जाँदै छन् । सेप्टेम्बर ८ मा विशाल र विकास रियाड उड्ने छन् । अध्यक्ष श्रेष्ठ र खेलाडी सागर सेप्टेम्बर ११ मा रियाद प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Published Date: 01 September 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी