मंगलबार मात्रै बढेको सुनको भाउ बुधबार पनि प्रतितोला रू ८०० रुपैयाँले बढ्यो

मंगलबार मात्रै बढेको सुनको भाउ बुधबार पनि प्रतितोला रू ८०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, भदौ १३ । सुनको भाउ लगातार दोस्रो दिन बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

मंगलबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो । यस आधारमा २ दिनमा प्रतितोला मूल्य १४ सय रुपैयाँले बढेको देखिन्छ । यसअघि, मंगलबार छापावाल सुन १ लाख ११ हजार ७०० रुपैयाँ कायम रहेको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार १५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 August 2023
Website | + posts