मंगलबार मात्रै बढेको सुनको भाउ बुधबार पनि प्रतितोला रू ८०० रुपैयाँले बढ्यो

मंगलबार मात्रै बढेको सुनको भाउ बुधबार पनि प्रतितोला रू ८०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, भदौ १३ । सुनको भाउ लगातार दोस्रो दिन बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

मंगलबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो । यस आधारमा २ दिनमा प्रतितोला मूल्य १४ सय रुपैयाँले बढेको देखिन्छ । यसअघि, मंगलबार छापावाल सुन १ लाख ११ हजार ७०० रुपैयाँ कायम रहेको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार १५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

Published Date: 30 August 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय