भारतले खाना पकाउने ग्यासको मूल्य घटायो

भारतले खाना पकाउने ग्यासको मूल्य घटायो : Icon Khabar

नयाँदिल्ली, भदौ १३ । भारतभरका घरपरिवारलाई राहत दिने उद्देश्यले केन्द्र सरकारले खाना पकाउने ग्यासमा २०० भारतीय रुपैयाँ कटौती गर्ने घोषणा गरेको छ ।

केन्द्रीय मन्त्रीपरिषद्को निर्णयबारे पत्रकारहरुलाई जानकारी दिँदै सूचना तथा प्रसारण मन्त्री अनुराग सिंह ठाकुरले यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीले ओणम र रक्षाबन्धनमा देशका महिलाहरुलाई उपहार दिएको बताए । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा मन्त्रीपरिषद्को बैठक बसेको हो ।

आजबाट लागू हुने गरी १४.२ केजीको ग्यास सिलिण्डरको मूल्य देशभर २०० रुपैयाँले घट्ने भएको छ । उदाहरणका लागि दिल्लीमा यो निर्णयले १४.२ केजीको सिलिण्डरको मूल्य प्रतिसिलिण्डर एक हजार १०३ रुपैयाँबाट घटाएर ९०३ रुपैयाँमा झार्नेछ ।

यो कटौती उज्ज्वला परिवारलाई प्रति सिलिण्डर २०० रुपैयाँको विद्यमान लक्षित अनुदानको अतिरिक्त हो, त्यसैले यो कटौतीपछि उज्ज्वला लाभग्राहीका लागि दिल्लीमा प्रभावकारी मूल्य ७०३ भारु हुनेछ । करिब ९.६ करोड उज्ज्वला लाभग्राहीसहित ३१ करोडभन्दा बढी घरेलु एलपीजी उपभोक्ताहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 August 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने