भारतले खाना पकाउने ग्यासको मूल्य घटायो

भारतले खाना पकाउने ग्यासको मूल्य घटायो : Icon Khabar

नयाँदिल्ली, भदौ १३ । भारतभरका घरपरिवारलाई राहत दिने उद्देश्यले केन्द्र सरकारले खाना पकाउने ग्यासमा २०० भारतीय रुपैयाँ कटौती गर्ने घोषणा गरेको छ ।

केन्द्रीय मन्त्रीपरिषद्को निर्णयबारे पत्रकारहरुलाई जानकारी दिँदै सूचना तथा प्रसारण मन्त्री अनुराग सिंह ठाकुरले यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीले ओणम र रक्षाबन्धनमा देशका महिलाहरुलाई उपहार दिएको बताए । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा मन्त्रीपरिषद्को बैठक बसेको हो ।

आजबाट लागू हुने गरी १४.२ केजीको ग्यास सिलिण्डरको मूल्य देशभर २०० रुपैयाँले घट्ने भएको छ । उदाहरणका लागि दिल्लीमा यो निर्णयले १४.२ केजीको सिलिण्डरको मूल्य प्रतिसिलिण्डर एक हजार १०३ रुपैयाँबाट घटाएर ९०३ रुपैयाँमा झार्नेछ ।

यो कटौती उज्ज्वला परिवारलाई प्रति सिलिण्डर २०० रुपैयाँको विद्यमान लक्षित अनुदानको अतिरिक्त हो, त्यसैले यो कटौतीपछि उज्ज्वला लाभग्राहीका लागि दिल्लीमा प्रभावकारी मूल्य ७०३ भारु हुनेछ । करिब ९.६ करोड उज्ज्वला लाभग्राहीसहित ३१ करोडभन्दा बढी घरेलु एलपीजी उपभोक्ताहरु छन् ।

Published Date: 30 August 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय