क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्न सोमबार बिहान पाकिस्तान प्रस्थान

क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्न सोमबार बिहान पाकिस्तान प्रस्थान : Icon Khabar

काठमाडौं, भदौ ११ । क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्न सोमबार बिहान पाकिस्तान प्रस्थान गरेका छन् । उनी बिहान ११ः२० मा कतार एयरलाइन्सबाट दोहा हुँदै पाकिस्तान जाने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

उनले एसिया कपमा सेप्टेम्बर ४ मा नेपाल र भारतबीचको खेल खेल्ने बताइएको छ । खेलपछि उनी नेपाल फर्किने सम्भावना छ । उनीविरुद्धको बलात्कार मुद्दाको अर्को सुनुवाइ सेप्टेम्बर ७ मा तोकिएको छ। लामिछानेले नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लगाइएको छ ।

नेपालका स्टार क्रिकेटरविरुद्धको मुद्दाको सुनुवाइ आइतबार स्थगित भएको छ, जसले उनलाई पाकिस्तानमा टोलीका साथीहरूसँग सामेल हुन अनुमति दिएको छ। गत वर्ष राष्ट्रिय कप्तानबाट निलम्बनमा परेका लामिछाने पक्राउ परे पनि जनवरीमा धरौटीमा रिहा भएपछि सर्वोच्च अदालतले उनलाई खेल्नबाट लगाइएको प्रतिबन्ध फुकुवा गरेको थियो ।

नेपाली क्रिकेट टोली यसअघि पाकिस्तान पुगिसकेको छ ।

Published Date: 28 August 2023




















ताजा
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित
शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक