एमसिसीको कारण नेपालको राष्ट्रियता खतरामा छ: झलनाथ खनाल

एमसिसीको कारण नेपालको राष्ट्रियता खतरामा छ: झलनाथ खनाल : Icon Khabar

काठमाडौं, भदौ १० । पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशको राष्ट्रियता खतरामा परेको दाबी गरेका छन् । आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले राष्ट्रियतामाथिको खतरा विभिन्न खालका सन्धि, सम्झौताका कारण आएको बताए । उनले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसिसी) कारण पनि देशको राष्ट्रियता खतरामा रहेको बताए।

उनले एमसिसी अमेरिकाले खडा गरेको इण्डोप्यासिफिक स्टाटेजी भएको बताए। उनले अनुमोदन गर्ने क्रममा व्याख्यात्मक घोषणा भने पनि त्यसलाई अमेरिकाले नमान्ने दाबी गरे।

उनले अहिलेसम्म नेपालले पठाएको भनेको व्याख्यात्मक घोषणा अमेरिकाले लागू नगरेको दाबी गरे । उनले पाँच सय मिलियन डलर मात्र नभई ५५ अर्ब दिएपनि आपत्ति नरहेको तर अमेरिकाले अघि सारेको सर्त मान्य नहुने चेतावनी दिए।

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेतासमेत रहेका खनालले अमेरिकाले नेपालमा एमसिसी कार्यान्वयन भइसकेपछि अमेरिकाले ल्याउने नागरिकको केही पनि चेकजाँच गर्न नमिल्ने उल्लेख गरे।

Published Date: 27 August 2023
ताजा
आज सोमबारको राशिफल
देशभर मनसुनी प्रभाव सक्रिय : कोशी र बागमतीसहित चार प्रदेशमा भारी वर्षाको जोखिम
टोरेसको निर्णायक गोलमा स्पेन विश्वविजेता, अर्जेन्टिनाको लगातार दोस्रो उपाधि जित्ने सपना चकनाचुर
फेसबुकको डेस्कटप भर्सनमा प्राविधिक समस्या, प्रयोगकर्ताद्वारा फेसबुक डाउन भएको रिपोर्ट


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय