एमसिसीको कारण नेपालको राष्ट्रियता खतरामा छ: झलनाथ खनाल

एमसिसीको कारण नेपालको राष्ट्रियता खतरामा छ: झलनाथ खनाल : Icon Khabar

काठमाडौं, भदौ १० । पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशको राष्ट्रियता खतरामा परेको दाबी गरेका छन् । आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले राष्ट्रियतामाथिको खतरा विभिन्न खालका सन्धि, सम्झौताका कारण आएको बताए । उनले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसिसी) कारण पनि देशको राष्ट्रियता खतरामा रहेको बताए।

उनले एमसिसी अमेरिकाले खडा गरेको इण्डोप्यासिफिक स्टाटेजी भएको बताए। उनले अनुमोदन गर्ने क्रममा व्याख्यात्मक घोषणा भने पनि त्यसलाई अमेरिकाले नमान्ने दाबी गरे।

उनले अहिलेसम्म नेपालले पठाएको भनेको व्याख्यात्मक घोषणा अमेरिकाले लागू नगरेको दाबी गरे । उनले पाँच सय मिलियन डलर मात्र नभई ५५ अर्ब दिएपनि आपत्ति नरहेको तर अमेरिकाले अघि सारेको सर्त मान्य नहुने चेतावनी दिए।

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेतासमेत रहेका खनालले अमेरिकाले नेपालमा एमसिसी कार्यान्वयन भइसकेपछि अमेरिकाले ल्याउने नागरिकको केही पनि चेकजाँच गर्न नमिल्ने उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 August 2023
Website | + posts