सन्दीप लामिछानेविरुद्धको मुद्दा आइतबार पनि हेर्न नभ्याइनेमा

सन्दीप लामिछानेविरुद्धको मुद्दा आइतबार पनि हेर्न नभ्याइनेमा : Icon Khabar

काठमाडौं, भदौ १० । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आइतबार पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश प्रकाश पण्डितको इजलासमा आइतबार सुनुवाइका लागि परेको मुद्दा समय अभावका कारण हेर्न नभ्याइनेमा राखिएको हो ।

यसअघि सन्दीपको मुद्दाको पेसी गत साउन ३२ गते तोकिएको थियो । उक्त दिन काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासले पीडितको आमाको जन्म मिति प्रमाणित गर्न आदेश दिँदै सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ स्थगित गरेको हो ।

अदालतले सन्दीपको अर्को पेसी भदौ २१ गतेका लागि तोकेको छ । पेसी सरेपछि सन्दीप बुधबारदेखि पाकिस्तानका आयोजना हुने एसिया कप क्रिकेट खेल्न जाने बताइएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघिनै सन्दीपलाई एसिया कप टोलीमा समावेश गरेको छ ।

गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरुद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिएको थियो । त्यसपछि पटक–पटक मुद्दा सुनुवाइका लागि पेसी चढे पनि स्थगित भएका थिए । सन्दीप विश्वकप छनोट खेल्न जिम्बावे गएपछि मुद्दाको सुनुवाइ रोकिएको थियो । सन्दीप फर्किए लगत्तै मुद्दाको सुनुवाइ सुरु हुन लागेको हो ।

क्रिकेटर लामिछानेविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा वि.सं २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् । नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई वि.सं २०७९ असोज २० गते नियन्त्रणमा लिएको थियो ।

Published Date: 27 August 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक