सन्दीप लामिछानेविरुद्धको मुद्दा आइतबार पनि हेर्न नभ्याइनेमा

सन्दीप लामिछानेविरुद्धको मुद्दा आइतबार पनि हेर्न नभ्याइनेमा : Icon Khabar

काठमाडौं, भदौ १० । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आइतबार पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश प्रकाश पण्डितको इजलासमा आइतबार सुनुवाइका लागि परेको मुद्दा समय अभावका कारण हेर्न नभ्याइनेमा राखिएको हो ।

यसअघि सन्दीपको मुद्दाको पेसी गत साउन ३२ गते तोकिएको थियो । उक्त दिन काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासले पीडितको आमाको जन्म मिति प्रमाणित गर्न आदेश दिँदै सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ स्थगित गरेको हो ।

अदालतले सन्दीपको अर्को पेसी भदौ २१ गतेका लागि तोकेको छ । पेसी सरेपछि सन्दीप बुधबारदेखि पाकिस्तानका आयोजना हुने एसिया कप क्रिकेट खेल्न जाने बताइएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघिनै सन्दीपलाई एसिया कप टोलीमा समावेश गरेको छ ।

गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरुद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिएको थियो । त्यसपछि पटक–पटक मुद्दा सुनुवाइका लागि पेसी चढे पनि स्थगित भएका थिए । सन्दीप विश्वकप छनोट खेल्न जिम्बावे गएपछि मुद्दाको सुनुवाइ रोकिएको थियो । सन्दीप फर्किए लगत्तै मुद्दाको सुनुवाइ सुरु हुन लागेको हो ।

क्रिकेटर लामिछानेविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा वि.सं २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् । नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई वि.सं २०७९ असोज २० गते नियन्त्रणमा लिएको थियो ।

Published Date: 27 August 2023
ताजा
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो
सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने
झ्याप–झ्याप बत्ती जाँदा भक्तपुरवासी आक्रोशित, ‘नो लाइट’ नम्बर पनि नलाग्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय