पदक विजेता मार्सल आर्ट्स टोली सम्मानित

पदक विजेता मार्सल आर्ट्स टोली सम्मानित : Icon Khabar

काठमाडौं, भदौ १० । जर्मनमा आयोजित अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपमा नेपालबाट सहभागी टिम स्वदेश फिर्ता भएको छ । गत अगस्ट ४ देखि २४ गतेसम्म भएको उक्त प्रतियोगिताका साथै समर क्याम्पमा नेपालबाट सहभागी खेलाडीहरुले पदक जित्न सफल भएका छन् । कीर्तिपुर नगरपालिका र जर्मनको लुविज नगरपालिकाको सहकार्य र मार्सल आर्ट अर्गनाइजेसन नेपालको सहयोगमा उक्त टिम जर्मन गएको थियो । खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरि पदक जित्न सफल भएको टिम प्रशिक्षक राजिव महर्जनले जानकारी दिए । पदक बिजेता खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापकलाई कीर्तिपुर नगरपालिकाले एक कार्यक्रम गरि सम्मान गरेको छ । कार्यक्रममा कीर्तिपुर खेलकुद बिकास समिति तथा विथ लोकल्स नेपालले पनि सहयोग गरेको विथ लोकल्सका संचालक सुदिप महर्जनले बताए ।

बिजेता खेलाडीहरुलाई कीर्तिपुर नगरपालिकाकी उप मेयर शुभलक्ष्मी शाक्यले विजेता खेलाडीहरु तथा प्रशिक्षकलाई बधाई ज्ञापन गरिन् । उप मेयर शाक्यले खेलाडीहरुलाई अझ प्रगति गरि देश र कीर्तिपुर नगरको नाम उच्च राख्न हौसला समेत प्रदान गरिन् ।

उक्त प्रतियोगिताको पुरुष ३० केजीमा इभान महर्जनले स्वर्ण, ४० केजीमा एन्जेस महर्जनले रजत र ५० केजीमा प्रतिक श्रेष्ठले कांस्य जितेको प्रशिक्षक महर्जनले जानकारी गराए । टिम व्यवस्थापकको भूमिकामा रजनी डंगोल सहभागी भएकी थिइन् ।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटा, वडा अध्यक्ष राजकुमार श्रेष्ठ, कीर्तिपुर खेलकुद समितिका संयोजक विजयप्रकाश महर्जनलगायतको उपस्थिति रहेको थियो ।

Published Date: 27 August 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड