भारतद्वारा आजदेखि सबै प्रकारका बासमती चामल निकासीमा प्रतिबन्ध

भारतद्वारा आजदेखि सबै प्रकारका बासमती चामल निकासीमा प्रतिबन्ध : Icon Khabar

काठमाडौँ, भदौ १० । भारतले आजदेखि सबै प्रकारका बासमती चामल निकासीमा रोक लगाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सरकारले एक सूचना जारी गर्दै यस्ताे जानकारी दिएको हो ।

१२ सय डलरभन्दा कम अर्थात् करिब ९९ हजार ५८ भारतीय रुपैयाँ प्रति टनमा निकासी हुने सबै चामलको निकासीमा प्रतिबन्ध लगाइने भएकाे हाे। यो प्रतिबन्ध अस्थायी रूपमा लगाइएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यसअघि भारतले उसिना चामलकाे निर्यातमा २० प्रतिशत भन्सार कर लगाएको थियाे। भारत सरकारले शुक्रबारबाट लागू हुने गरी साे निर्णय गरेकाे हाे । विश्वको सबैभन्दा ठूलो चामल निर्यातकर्ता भारतले यो निर्णय गरेपछि नेपालमा पनि उसिना चामलकाे भाउ बढ्ने भएकाे छ ।

Published Date: 27 August 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न