भारतद्वारा आजदेखि सबै प्रकारका बासमती चामल निकासीमा प्रतिबन्ध

भारतद्वारा आजदेखि सबै प्रकारका बासमती चामल निकासीमा प्रतिबन्ध : Icon Khabar

काठमाडौँ, भदौ १० । भारतले आजदेखि सबै प्रकारका बासमती चामल निकासीमा रोक लगाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सरकारले एक सूचना जारी गर्दै यस्ताे जानकारी दिएको हो ।

१२ सय डलरभन्दा कम अर्थात् करिब ९९ हजार ५८ भारतीय रुपैयाँ प्रति टनमा निकासी हुने सबै चामलको निकासीमा प्रतिबन्ध लगाइने भएकाे हाे। यो प्रतिबन्ध अस्थायी रूपमा लगाइएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यसअघि भारतले उसिना चामलकाे निर्यातमा २० प्रतिशत भन्सार कर लगाएको थियाे। भारत सरकारले शुक्रबारबाट लागू हुने गरी साे निर्णय गरेकाे हाे । विश्वको सबैभन्दा ठूलो चामल निर्यातकर्ता भारतले यो निर्णय गरेपछि नेपालमा पनि उसिना चामलकाे भाउ बढ्ने भएकाे छ ।

Published Date: 27 August 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक