अहिलेका बैंकरहरुलाई वित्तीय साक्षरतासम्बन्धी ज्ञान आवश्यक छ: गभर्नर अधिकारी

अहिलेका बैंकरहरुलाई वित्तीय साक्षरतासम्बन्धी ज्ञान आवश्यक छ: गभर्नर अधिकारी : Icon Khabar

काठमाडौं, भदौ १० । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरहरुलाई पनि आवश्यक रहेको बताएका छन्।

आइतबार काठमाडौँमा वित्तीय साक्षरतासम्बन्धी एक कार्यक्रममा गभर्नर अधिकारीले सो कुरा बताएका हुन् । बैङ्कका धेरै सेवा र टुल्सबारे बैंकर स्वयम्लाई जानकारी नभएको देखिएको उनले बताए।

वित्तीय साक्षरताले सर्वसाधारणलाई बैङ्कको सेवा छनौट गर्न र सही निर्णय लिन सघाउने बताए । यस्तै राष्ट्र बैङ्कले उपलब्ध गराएका सुविधा र बैङ्कभित्र रहेका धेरै सेवाबारे बैंकर स्वयम्लाई पनि आवश्यक जानकारी नभएको उनको भनाइ छ ।

गभर्नर अधिकारीले वित्तीय साक्षरतासँगै डिजिटल कारोबारलाई पनि बढाउन आवश्यक रहेको चर्चा गरे । कारोबारलाई पारदर्शी बनाउने भएकाले वित्तीय साक्षरताको अभियानसँग डिजिटल कारोबारबारे बताउन उहाँले अनुरोध गर्नुभयो । आफू नोटमा हस्ताक्षर गर्ने गभर्नर भए पनि डिजिटल कारोबार बढोस् भनेर सधैँ कामना गर्ने उनको भनाई छ।

Published Date: 27 August 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय