अहिलेका बैंकरहरुलाई वित्तीय साक्षरतासम्बन्धी ज्ञान आवश्यक छ: गभर्नर अधिकारी

अहिलेका बैंकरहरुलाई वित्तीय साक्षरतासम्बन्धी ज्ञान आवश्यक छ: गभर्नर अधिकारी : Icon Khabar

काठमाडौं, भदौ १० । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरहरुलाई पनि आवश्यक रहेको बताएका छन्।

आइतबार काठमाडौँमा वित्तीय साक्षरतासम्बन्धी एक कार्यक्रममा गभर्नर अधिकारीले सो कुरा बताएका हुन् । बैङ्कका धेरै सेवा र टुल्सबारे बैंकर स्वयम्लाई जानकारी नभएको देखिएको उनले बताए।

वित्तीय साक्षरताले सर्वसाधारणलाई बैङ्कको सेवा छनौट गर्न र सही निर्णय लिन सघाउने बताए । यस्तै राष्ट्र बैङ्कले उपलब्ध गराएका सुविधा र बैङ्कभित्र रहेका धेरै सेवाबारे बैंकर स्वयम्लाई पनि आवश्यक जानकारी नभएको उनको भनाइ छ ।

गभर्नर अधिकारीले वित्तीय साक्षरतासँगै डिजिटल कारोबारलाई पनि बढाउन आवश्यक रहेको चर्चा गरे । कारोबारलाई पारदर्शी बनाउने भएकाले वित्तीय साक्षरताको अभियानसँग डिजिटल कारोबारबारे बताउन उहाँले अनुरोध गर्नुभयो । आफू नोटमा हस्ताक्षर गर्ने गभर्नर भए पनि डिजिटल कारोबार बढोस् भनेर सधैँ कामना गर्ने उनको भनाई छ।

Published Date: 27 August 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक