जिम्बावेको राष्ट्रपतिमा एमर्सन मनांगाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित

जिम्बावेको राष्ट्रपतिमा एमर्सन मनांगाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित : Icon Khabar

काठमाडौँ, भदौ १० । जिम्बावेको राष्ट्रपतिमा एमर्सन मनांगाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । कुल मतको ५२.६ प्रतिशत मत प्राप्त गरेपछि उनी दोस्रो कार्यकाल (५ वर्ष)का लागि पुनः निर्वाचित भएको जिम्बावे निर्वाचन आयोग (जेडईसी) ले शनिबार घोषणा गरेको हो ।

जेडईसी अध्यक्ष प्रिसिला चिगुम्बाले अगस्ट २३-२४ को चुनावमा मनांग्वाले अन्य १० जना राष्ट्रपतिका प्रतिद्वन्द्वीलाई पराजित गरेको बताए ।

मनांगाग्वाका प्रमुख प्रतिस्पर्धी र विपक्षी सिटिजन्स फर कोएलिसन चेन्ज (सीसीसी) का नेता नेल्सन चामिसाले वैध मतको ४४ प्रतिशत मत प्राप्त गरेको चिगुम्बाले बताए । जिम्बावेको कानुनअनुसार राष्ट्रपति हुनका लागि कुल वैध मतको ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ ।

जिम्बावेका जनताले बुधबार र बिहीबार नयाँ राष्ट्रपति, संसद्का सदस्य र स्थानीय सरकारका प्रतिनिधि छान्न मतदान गरेका थिए । जेडईसीका अनुसार मनांगाग्वाको सत्तारुढ जानुपीएफ पार्टीले संसदीय सिटको बहुमत हासिल गरेको छ ।

Published Date: 27 August 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक