हेलम्बु गाउँपालिकाद्वारा प्रदेश सरकारसँग सहयोगका लागि अपिल

हेलम्बु गाउँपालिकाद्वारा प्रदेश सरकारसँग सहयोगका लागि अपिल : Icon Khabar
तस्बिर : देवराज सुवेदी/रासस

सिन्धुपाल्चोक, भदौ १० । मेलम्ची नदीमा आएको बाढीले सोचेभन्दा बढी क्षति भएपछि हेलम्बु गाउँपालिकाले प्रदेश सरकारसँग सहयोगको याचना गरेको छ । गाउँपालिकाका अध्यक्ष निमा गलजेन शेर्पाले बाढी र पहिरोका कारण भएको क्षतिबारे रिपब्लिकलाई जानकारी दिँदै वाग्मती प्रदेश सरकारअन्तर्गतको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई सहयोगका लागि अनुरोध गरेका हुन्।

अध्यक्ष शेर्पाले मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी थाङ्पाल गाउँपालिकालगायत विपद्को उच्च जोखिममा रहेका क्षेत्रमा तत्काल रकम उपलब्ध नगरेकोमा असन्तुष्टि व्यक्त गरे ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शनिबार सिन्धुपाल्चोकका हेलम्बु र मेलम्चीलगायतका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । मन्त्री बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

सो अवसरमा मन्त्री बस्नेतले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत कार्यक्रम सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायलाई निर्देशन दिए । मन्त्री बस्नेतले वाग्मती प्रदेशका सांसद कृष्णकुमार तामाङ, नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सचिव रमेशराज भण्डारी, मेलम्चीका उपमेयर रामशरण गिरीलगायतका नेताहरुलाई पनि बाढी प्रभावित क्षेत्रका बासिन्दाको राहत र उद्धारमा खटाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 August 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने