सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले इन्टरपोलको सहयोग माग्यो

सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले इन्टरपोलको सहयोग माग्यो : Icon Khabar

काठमाडौं, भदौ १० । नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा भइरहेको अनुसन्धानका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)सँग सहयोग मागेको छ ।

घटनाको अनुसन्धान थालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विदेशी नागरिकको संलग्नता खुलेपछि यस सम्बन्धमा इन्टरपोललाई पत्राचार गरेको जनाएको छ । सिआइबीले इन्टरपोल, हङकङ र भारतलाई सहयोगका लागि पत्राचार गरेको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बताए ।

सन् २०२३ जुलाई १९ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय नजिकैको सिनामंगलबाट ६०.७१६ किलो सुनको बार बरामद गरेको थियो । यसपछि नेपाल प्रहरीले २३ जनालाई पक्राउ गरी यस विषयमा अनुसन्धान गरिरहेको छ । घटनामा चिनियाँ र भारतीय नागरिकको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 August 2023
Website | + posts