सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले इन्टरपोलको सहयोग माग्यो

सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले इन्टरपोलको सहयोग माग्यो : Icon Khabar

काठमाडौं, भदौ १० । नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा भइरहेको अनुसन्धानका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)सँग सहयोग मागेको छ ।

घटनाको अनुसन्धान थालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विदेशी नागरिकको संलग्नता खुलेपछि यस सम्बन्धमा इन्टरपोललाई पत्राचार गरेको जनाएको छ । सिआइबीले इन्टरपोल, हङकङ र भारतलाई सहयोगका लागि पत्राचार गरेको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बताए ।

सन् २०२३ जुलाई १९ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय नजिकैको सिनामंगलबाट ६०.७१६ किलो सुनको बार बरामद गरेको थियो । यसपछि नेपाल प्रहरीले २३ जनालाई पक्राउ गरी यस विषयमा अनुसन्धान गरिरहेको छ । घटनामा चिनियाँ र भारतीय नागरिकको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ ।

Published Date: 27 August 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय