रेखा थापाको नयाँ फिल्म ‘उपहारः द जर्नी अफ लाइफ’ को छायांकन प्रारम्भ

रेखा थापाको नयाँ फिल्म ‘उपहारः द जर्नी अफ लाइफ’ को छायांकन प्रारम्भ : Icon Khabar

काठमाडौं, भदौ ७ । अभिनेत्री रेखा थापाको नयाँ फिल्म ‘उपहारः द जर्नी अफ लाइफ’ को छायांकन प्रारम्भ भएको छ । बिहिबार पशुपतिनाथ मन्दिर परिसरमा पूजाआजा गर्दै यो फिल्मको छायांकन प्रारम्भ गरिएको हो ।

अभिनेत्री थापाले छायांकनको थालनी गरिएका केही तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गर्दै लेखेकी छिन्– ‘उपहार ओपनिङ सेरेमोनी एण्ड सुटिङ स्टार्टेड फ्रम टुडे ।’

वरिष्ठ छायांकार विष्णु कल्पितद्वारा छायांकन थालिएको यो फिल्मको निर्देशन ज्ञानेन्द्र देउजाले गरिरहेका छन् ।

यो फिल्म्मा रेखा थापा, बेनिशा हमाल, पुजा शर्मा, मुकुन भुसाल, तेज गिरि, समर्पण जंग कार्की, शिशिर राना, अंशु थापालगायतको मुख्य भूमिका रहने छ ।

यो फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरिको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, रोशन श्रेष्ठको द्वन्द निर्देशन, देव गुरुङको सम्पादन, ईश्वर घिमिरेको प्रोडक्सन, बिष्णु कल्पित र फिल्म क्रू नेपाल टिमको छायांकन रहने छ ।

डिजिटल पार्टनर ओएसआर डिजिटल, नेपाली बजार व्यवस्थापन एफडि कम्पनी र रिच इन्टरटेनमेन्टले गर्ने भएको छ । यस्तै जापान र कोरियाको बजार व्यवस्थापनको जिम्मा भने युएनआई इन्टरटेन्मेन्टले लिएको छ ।

गुरु पूर्णिमाको दिन गीतको रेकर्ड गर्दै फिल्मको औपचारिक निर्माण प्रारम्भ भएको थियो । बाबुल गिरिले संगीत गरेको गीतमा बाबुल र एलिना चौहानको स्वर छ भने शंकर अधिकारी घायलको शब्द छ ।

रेखा थापाको ‘उपहार’ मा भारतको चर्चित ब्राण्ड नन्दीनी हर्बलको उत्पादन ‘एनप्लस प्रोफेसनल’ ब्युटी प्रोड्क्ट्सले सहकार्य गर्ने भएको छ ।

रेखा फिल्म्स र कपनगढी फिल्मस् प्रालिको ब्यानरमा निर्माण थालिएको यो फिल्म सामाजिक कथामा आधारित हुने बताइएको छ । यो फिल्मका कथा सुलक्षण भारतीले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 August 2023
Website | + posts


ताजा
सरकार छोड्न कांग्रेसका नेता कार्यकर्ताको माग, गृहमन्त्रीको राजीनामा माग्दै बढाए दबाब
जेनजी प्रदर्शन : ट्रमामा थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो
निरन्तरजसाे नयाँ रेकर्ड बनाइरहेको सुन र चाँदीको मूल्य घट्यो
‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमानको पनि साथ, जनाए ऐक्यबद्धता


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु