काठमाडौं, भदौ ७ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय पहिचान बढाउन काठमाडौं महानगरपालिकाले अवधारणा माग गरेको छ । महानगरपालिकाको सहरी योजना आयोगले सूचना जारी गर्दै अबधारणा पत्र सहित सूचीकृत हुन आउन भनेको हो ।
महानगरको समग्र ब्राण्डिङ सम्बन्धी काम गर्न इच्छुकले १५ दिनभित्र अवधारणा पेश गर्न सक्नेछन् ।
यसका लागि फर्म तथा संघ–संस्थाले निवेदनसहित सिटी ब्राण्डिङ अवधारणा पत्र तथा गर्न सकिने कामको प्राबिधिक प्रस्ताब, अहिलेसम्म गरेका कामको अनुभव प्रमाणपत्र तथा अन्य कागजात र संस्थाका कागजात पेश गर्नु पर्नेछ ।
त्यसका लागि संस्था दर्ता प्रमाणपत्र, पान÷भ्याट दर्ता प्रमाण पत्र, स्थानीय तहमा व्यवसाय दर्ता भएको प्रमाण पत्र, आर्थिक वर्ष २०७८/७९ को करचुक्ता प्रमाणपत्र आवश्यक पर्नेछ ।
व्यक्ति वा विज्ञले अवधारणा पेश गर्न चाहेमा नेपाली नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण (बायोडाटा) अहिलेसम्म गरेका कामको अनुभव विवरण तथा प्रमाणपत्रसहित सिटी ब्राण्डिङ अबधारणा पत्र तथा गर्न सकिने काम उल्लेख भएको प्राविधिक प्रस्ताव पेश गर्नु पर्नेछ ।
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1