वागनर समूहका प्रमुख येब्गेनी प्रिगोजिनसहित १० जनाको विमान दुर्घटनामा मृत्यु

वागनर समूहका प्रमुख येब्गेनी प्रिगोजिनसहित १० जनाको विमान दुर्घटनामा मृत्यु : Icon Khabar

काठमाडौं, भदौ ७ । रुसको निजी सैन्य समूह वागनर समूहका प्रमुख येब्गेनी प्रिगोजिनसहित १० जनाको विमान दुर्घटनामा मृत्यु भएको छ ।

पश्चिमी रुसको तेबेर शहरमा निजी विमान दुर्घटना हुँदा प्रिगोजिनसहित १० जनाको मृत्यु भएको रुसी फेडरल ट्रान्सपोर्ट एजेन्सीलाई उदृत गर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । विमान दुर्घटनामा वागनरका सहसंस्थापक दिमित्री अतकिन पनि परेको बताइएको छ ।

दुर्घटनापछि आगो लागेको विमानमा सवार कोही पनि जिवित नरहेको बताइएको छ, तर वागनर प्रमुख सवार विमानमा कसैले आक्रमण गरेको हो वा प्राविधिक गडवडी हो भन्ने यकिन भइसकेको छैन ।

प्रिगोजिनको नेतृत्वमा वागनर सैनिकले रुसको तर्फबाट युक्रेनमा लामो लडाई लडेका थिए । विशेषगरी युक्रेनको खर्सोन क्षेत्रलाई नियन्त्रणमा लिन प्रिगोजिनको महत्वपूर्ण भूमिका थियो । त्यसपछि प्रिगोजिनको रुसी संस्थापनसँग मतभेद बढेको थियो ।
उनले दुई महिनाअघि आफ्नो सैन्य समूह लिएर मस्को कब्जा गर्ने धम्की दिएका थिए ।

Published Date: 24 August 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक