भारतले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाउने तयारी गर्दै

भारतले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाउने तयारी गर्दै : Icon Khabar

काठमाडौं, भदौ ७ । वर्षा नहुँदा उखुको उत्पादन घटेका कारण भारतले ७ वर्षयता पहिलो पटक चिनीको निर्यातमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ ।

भारतले अक्टोबरदेखि सुरु हुने आगामी सिजनमा चिनी निर्यात गर्न मिलहरुलाई प्रतिबन्ध लगाउने तयारी गरेको ३ जना सरकारी अधिकारीहरुलाई उधृत गर्दै रोयटर्सले लेखेको छ ।भारतको पहिलो प्राथमिकता स्थानीय बजारमा चिनीको आवश्यकताहरु पूरा गर्ने र अतिरिक्त उखुबाट इथानोल उत्पादन गर्ने रहेको एक भारतीय अधिकारीले बताएका छन् ।

आगामी सिजनको लागि निर्यात कोटाका लागि छुट्याउने पर्याप्त चिनी भारतसँग नभएको पनि उनले बताए । विश्व बजारमा भारतको अनुपस्थितिले न्यूयोर्क र लन्डनमा बेन्चमार्क मूल्यहरु बढाउने सम्भावना देखिएको छ । नेपालमा पनि आन्तरिक उत्पादनले मात्र माग धान्न नसक्ने भएकाले भारतबाट चिनी आउने गरेको छ । भारतले निर्यातमा रोक लगाएमा नेपाली बजारमा पनि असर पर्ने देखिन्छ । चिनी निर्यात प्रतिबन्धले विश्वव्यापी खाद्यान्न बजारहरुमा थप मुद्रास्फीति बढ्ने अनुमान गरिएको छ ।

गत सिजन इतिहासकै उच्च १ करोड ११ लाख टन चिनी निर्यात गर्न दिएको भारतले चालु सिजनमा (सेप्टेम्बर ३० सम्म) भने मिलहरुलाई ६१ लाख टन मात्र चिनी निर्यात गर्न अनुमति दिएको थियो । यसअघि, सन् २०१६ मा भारतले विदेशमा चिनी बिक्री रोक्न निर्यातमा २०% कर लगाएको थियो ।भारतको पश्चिमी राज्य महाराष्ट्र र दक्षिणी राज्य कर्नाटकका उच्च उखु उत्पादन गर्ने जिल्लाहरुमा मनसुनी वर्षा यस वर्ष औसतभन्दा ५०% कम भएको मौसम विभागको तथ्यांकले देखाएको छ ।

यी दुई राज्यले मात्र भारतको कुल चिनी उत्पादनको आधाभन्दा बढी हिस्सा ओगटेका छन् । न्यून वर्षाले सन् २०२३–२४ सिजनमा चिनी उत्पादनमा कमी ल्याउने र सन् २०२४–२५ सिजनमा उखु रोपाईमा नै कमी आउने एक अधिकारीले बताएका छन् ।सन् २०२३–२४ सिजनमा भारतको चिनी उत्पादन ३.३% ले घटेर ३ करोड १७ लाख टनमा आउने अनुमान गरिएको छ ।

यता, भारतमा स्थानीय चिनीको मूल्य बढेर यस साता झण्डै दुई वर्षयताकै उच्च स्तरमा पुगेको छ । जसका कारण सरकारले चिनी मिलहरूलाई अगस्टमा थप २ लाख टन बिक्री गर्न अनुमति दिएको छ । खाद्यान्नको मुद्रास्फीति चिन्ताको विषय भएको र चिनीको भाउमा देखिएको हालैकोे वृद्धिले निर्यातको कुनै पनि सम्भावना अन्त्य गरेको अर्का एक सरकारी स्रोतले बताएका छन् ।

Published Date: 24 August 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न