काठमाडौं, भदौ ७ । सुनको भाउ बिहिबार पनि बढेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोल ५०० रुपैयाँले बढेर १ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि मंगलबार र बुधबार पनि सुनको भाउ क्रमशः प्रतितोला २०० र १०० रुपैयाँले बढेको थियो । यसअघि, बुधबार छापावाल सुन १ लाख १० हजार ६०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार ५० रुपैयाँ निर्धारण भएको थियो ।
आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर १४ सय ६० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय २५ रुपैयाँ कायम रहेको थियो ।
Published Date: 24 August 2023- 
        Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
- 
        Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
- 
        Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
- 
        Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
 
 
 
 
 
 
 
 
 
 
 
 

 
								
						 
  
			 
                

