चन्द्रयान–३ आज साँझ करिब ६ बजेर २० मिनेटमा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुँदै

चन्द्रयान–३ आज साँझ करिब ६ बजेर २० मिनेटमा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुँदै : Icon Khabar

काठमाडौँ, भदौ ६ । चन्द्रयान–३ आज साँझ ६ बजेर ४ मिनेट भारतीय समय (नेपाली समय करिब ६ बजेर २० मिनेट) मा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुँदैछ ।

चन्द्रयान–३ जुलाई २४ मा आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट बिहान ३ बजेर ३५ मिनेटमा लञ्च गरिएको थियो। अवतरणपछि ४१ दिनमा ३ लाख ८४ हजार किलोमिटरको दुरी पार गरी नयाँ इतिहास लेख्नेछ ।

आईएसआरओ (ISRO)ले सबै प्रणाली सामान्य रहेको बताएको छ। बैंगलोरस्थित कार्यालयमा मिसन अपरेशन टोलीको तयारी पूरा भएको छ। बेलुकी ५:४४ मा ल्यान्डर सही स्थितिमा आउने बित्तिकै टोलीले अटोमेटिक ल्यान्डिङ सिक्वेन्स (ALS) सुरु गर्नेछ।

ल्यान्डर चन्द्रमामा अवतरण हुनासाथै र्‍याम्प खुल्नेछ र प्रज्ञान रोभर चन्द्रमाको सतहमा आउनेछ। विक्रम ल्यान्डर र प्रज्ञानले एकअर्काको फोटो खिचेर पृथ्वीमा पठाउनेछन् । यदि भारत यो मिसनमा सफल भयो भने, यो चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश हुनेछ।

Published Date: 23 August 2023




















ताजा
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित
शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक