चन्द्रयान–३ आज साँझ करिब ६ बजेर २० मिनेटमा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुँदै

चन्द्रयान–३ आज साँझ करिब ६ बजेर २० मिनेटमा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुँदै : Icon Khabar

काठमाडौँ, भदौ ६ । चन्द्रयान–३ आज साँझ ६ बजेर ४ मिनेट भारतीय समय (नेपाली समय करिब ६ बजेर २० मिनेट) मा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुँदैछ ।

चन्द्रयान–३ जुलाई २४ मा आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट बिहान ३ बजेर ३५ मिनेटमा लञ्च गरिएको थियो। अवतरणपछि ४१ दिनमा ३ लाख ८४ हजार किलोमिटरको दुरी पार गरी नयाँ इतिहास लेख्नेछ ।

आईएसआरओ (ISRO)ले सबै प्रणाली सामान्य रहेको बताएको छ। बैंगलोरस्थित कार्यालयमा मिसन अपरेशन टोलीको तयारी पूरा भएको छ। बेलुकी ५:४४ मा ल्यान्डर सही स्थितिमा आउने बित्तिकै टोलीले अटोमेटिक ल्यान्डिङ सिक्वेन्स (ALS) सुरु गर्नेछ।

ल्यान्डर चन्द्रमामा अवतरण हुनासाथै र्‍याम्प खुल्नेछ र प्रज्ञान रोभर चन्द्रमाको सतहमा आउनेछ। विक्रम ल्यान्डर र प्रज्ञानले एकअर्काको फोटो खिचेर पृथ्वीमा पठाउनेछन् । यदि भारत यो मिसनमा सफल भयो भने, यो चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश हुनेछ।

Published Date: 23 August 2023
ताजा
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो
सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने
झ्याप–झ्याप बत्ती जाँदा भक्तपुरवासी आक्रोशित, ‘नो लाइट’ नम्बर पनि नलाग्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय