ललिता निवास जग्गा प्रकरण: सीआईबीले पूर्व प्रधानमन्त्रीद्वय भट्टराई तथा नेपालसँग लियो वयान

ललिता निवास जग्गा प्रकरण: सीआईबीले पूर्व प्रधानमन्त्रीद्वय भट्टराई तथा नेपालसँग लियो वयान : Icon Khabar

काठमाडौं, भदौ ४ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय बाबुराम भट्टराई तथा माधवकुमार नेपालसँग वयान लिएको छ ।

पूर्व प्रधानमन्त्री भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार टोखास्थित निवासमै बोलाएर भट्टराईले सीआईबी प्रमुख एवम् एआईजी किरण बज्राचार्यलाई ललिता निवास प्रकरणबारे जानकारी गराएका हुन् भने नेपालसँग गए राति वयान लिइएको हो ।

डा.भट्टराईले करिब ४५ मिनेट लगाएर आफू प्रधानमन्त्री भएका बेला ललिता निवासबारे तत्कालीन क्याबिनेटबाट भएका नीतिगत निर्णयको विवरण एआईजी बज्राचार्यलाई दिएका थिए ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णयमाथि समेत अनुसन्धान गर्न आदेश दिएपछि तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्न बाटो खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 August 2023
Website | + posts