एआईले बनाएका आर्टमा कपिराइट नलगाउन अमेरिकी जिल्ला अदालतको आदेश

एआईले बनाएका आर्टमा कपिराइट नलगाउन अमेरिकी जिल्ला अदालतको आदेश : Icon Khabar

काठमाडौं, भदौ ४ । एआईले बनाएका आर्टमा कपिराइट नलाग्ने भएको छ । अमेरिकी जिल्ला अदालतले हालै मात्र यस किसिमको आदेश जारी गरेको हो ।

पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को चर्चा बढ्दो छ । विशेषगरी आर्ट बनाउने, टेक्स्ट तयार पार्ने लगायतका थुप्रै कामका लागि एआईको प्रयोग भइरहेको छ ।

यससँगै एआईले बनाएका आर्ट, तयार पारेको टेक्स्टको प्रतिलिपि अधिकारको प्रश्न पनि उठेको छ । संयुक्त राज्य अमेरिका स्थित एक जिल्ला अदालतकी न्यायाधीशले भने एआईले बनाएका आर्टको कपिराइट (प्रतिलिपि अधिकार) हुन नसक्ने आदेश दिएकी छन् ।

द हलिउड रिपोर्टरका अनुसार गएको शुक्रवार संयुक्त राज्य जिल्ला अदालतकी न्यायाधीश बेरिल ए हवेलले एआईले तयार पारेका कलाकृति (आर्टवर्क) को प्रतिलिपि अधिकार हुन नसक्ने बताएकी हुन् ।

स्टिफन थालर नामका व्यक्तिले आफ्नो क्रियटिभिटी मसिन अल्गोरिदम (न्युरल नेटवर्क फर्म इम्याजिनेसन अल्गोरिदम) ले तयार पारेको एआई-निर्मित तस्वीरको प्रतिलिपि अधिकार पाउनुपर्ने भन्दै अमेरिकी प्रतिलिपि कार्यालयमा उजुरी दिएका थिए ।

उनले आर्टिफिसियल इन्टेलिजेन्सले तयार पारेका कुनै पनि कुराको प्रतिलिपि अधिकार प्रतिलिपि ऐनले संरक्षण गर्नुपर्ने माग गरेका थिए ।

प्रतिलिपि अधिकार ऐनले एआईले सिर्जना गरेका कार्यलाई स्पष्ट रूपमा सम्बोधन नगर्ने भन्दै न्यायाधीश हवेलले स्टिफनको विपक्षमा अदालती निर्णय प्रस्तुत गरेकी छन् ।

हवेलका अनुसार एआईले तयार पारेका कुनै पनि कुराहरू पहिले कसैले गरिसकेको काममा आधारित हुन्छन् । त्यसैले प्रतिलिपि अधिकार संरक्षणका लागि मौलिकता आवश्यकताको बारेमा प्रश्न उठ्न सक्ने उनको तर्क छ ।

त्यसबाहेक पनि प्रतिलिपि ऐनले मानवद्वारा निर्मित सामग्रीको प्रतिलिपि अधिकार सुरक्षित हुने उनले बताएकी छन् । अमेरिकामा अदालतले यस्तो निर्णय गरेको पहिलो पटक हो ।

त्यसैले यो निर्णयमाथि पुनरावेदन हुने सम्भावना उच्च भएको द भर्जले उल्लेख गरेको छ ।

Published Date: 21 August 2023


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी