वीर अस्पतालद्वारा सम्पूर्ण कर्मचारीलाई बीमा गर्न आग्रह

वीर अस्पतालद्वारा सम्पूर्ण कर्मचारीलाई बीमा गर्न आग्रह : Icon Khabar

काठमाडौं, भदौ ४ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले सम्पूर्ण कर्मचारीलाई बीमा गर्न आग्रह गरेको छ । अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्स, स्वास्थ्यकर्मी एवम् कर्मचारी र आउट सोर्सिङका स्टाफहरुको औषधि उपचार स्वास्थ्य बीमाबाट गरिने भएकाले अनिवार्य स्वास्थ्य बीमा गर्न आग्रह गरेको हो ।

अस्पतालका अनुसार अस्पतालले साउन २९ गतेबाट हरेक सोमबार सामाजिक सेवा एकाइमा स्वास्थ्य बीमा गरिरहेको जनाएको छ ।

बीमा गर्न परिवारका सदस्यको २ प्रति पासपोर्ट साइजको फोटो, कर्मचारी परिचय पत्र र आश्रित परिवारको नागरिकताको प्रतिलिपि (नाबालकको हकमा जन्मदर्ता प्रमाण पत्र) आवश्यक पर्ने अस्पतालले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 August 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने